Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कस्तो रह्यो २०६९ साल ?


काठमाडौं, चैत ३१–आज विक्रम यो बर्ष २०६९ सालको अन्तिम दिन । आज मध्यरात देखि बर्ष समाप्त हुँदै छ । सम्बत २०६९ साल राजनीतिक हिसाबले निकै नकारात्मक रहन पुग्यो । यहिबर्ष आफ्नो संविधान आफै बनाउने जनचाहनामा तुसारापात भयो । जेठ १४ मा संविधान नै नबनाई संविधानसभा विघटन भयो । यो दिनलाई बर्षकै दुखद दिन मानिएको छ । संविधानसंविधान सभाबाट संविधान बन्न नसक्नुको मुख्य कारक संघियताको मुद्धा थियो । संविधानसभाको अबसान पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले घोषणा गरेका मंसिर ७ को मितिमा सहमती जुटेन । विचमा संविधानसभाको पुनस्र्थापनाको मुद्धा पनि जोड तोडले उठेपनि त्यसो हुन सकेन । बाबुराम भट्टराई नेतृत्वको सरकार विघटनको माग राखेर गरिएको विपक्षिको आन्दोलनमा जनताले साथ नदिएपछि तात्कालीन विपक्षि दलले घोषित आन्दोलन अघि बढाउन सकेनन् । अन्तत एकिकृत माओवादीको प्रस्ताव अनुसार फागुन ३० कुर्नु प¥यो । चैत्र १ गते मुख्य दलहरुविच भएको सहमती अनुसार अन्तरिम बाधा अड्काउ फुकाउ मार्फत अन्तरिम संविधानमा संसोधन गरि बहालवाला प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन भयो । यो नेपाली राजनीतिक इतिहासमा नौलो प्रयोग हो । चुनाव गर्ने मुख्य काम लिएर गठित सरकारले नयाँ चुनावको मिति भने घोषणा गर्न सकेको छैन । यो बर्ष एकिकृत माओवादीबाट मोहन बैद्य नेतृत्वको समुह अलग भएर नेकपा माओवादी गठन भयो । यसको कारण भने अलग भएको समुहले पुष्टि गर्न सकेको छैन । यहि बर्ष एकिकृत माओवादीले २१ बर्ष पछि आप्mनो सातौ महाधिवेशन सम्पन्न ग¥यो । यो महाधिवेशनले पार्टीलाई उत्पादनमा लाउने फरक निर्णय ग¥यो । एमालेमा भएको विभाजनले उपाध्यक्ष अशोक राई सहितका प्रभावसाली नेताले संघिय समाजवादी पार्टी बनाए । एमालेकै मधेशमा प्रभाव राख्ने नेता रामचन्द्र झा एकिकृत माओवादीमा प्रवेश गरे । नेपाली कांग्रेसले क्षेत्रिय सभापति, सचिव,जिल्ला सभापति र महासमितिको समेत बैठक सक्दा पनि आन्तरिक विवाद मिलाउन सकेन भने संघियता बारे धारणा स्पष्ट धारणा ल्याउन सकेन । यो बर्ष सेरेमोनियल राष्ट्रपतिको निकै सक्रियता देखियो । एकिकृत माओवादी नेतृत्वको सरकारले बाटो फराकिलो पार्न ल्याएको अभियानले काठमाडौमा बाटा फराकिला भएपनि अझै निर्माण सम्पन्न हुन सकेका छैनन् । यो बर्ष तीन पटक गरि आएको आंसिक बजेटले आर्थिक घाटा बेहोर्र्नुप¥यो । नीजि क्षेत्रको दबाबका कारण सरकारले ल्याएको दुईरंगको सिलीण्डर ल्याउने सरकारी तयारी रोकियो भने ग्याँसकार्ड वितरण पनि अन्यौलमै छ । पेट्रोलियम कारोबार नीजि क्षेत्रलाई दिने सरकारी निर्णय पनि नीजि क्षेत्रकै दबदबामा कार्यान्वयन हुन सकेन । सरकारले यो बर्ष लोडसेडिङ दैनिक १२ घण्टा भन्दा बढि हुन दिएन । यो बर्ष महिलामाथि भएका हिंसाका धेरै घटनाहरु बाहिर आए भने यो विषयमा थुप्रै बहस समेत भयो । यहि बर्ष नेपाली क्रिकेट टोली डिभिजन थ्रिमा उक्लन सफल भयो । यहि बर्ष विकट मुगु र मनाङको सदरमुकाममा मोटरबाटो पुगेको छ

0 comments

तपाईंको प्रतिकृया