Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चुनावमा ५० प्रतिशत महिला - ‘प्रचण्ड’

 बैशाख, ९ काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल र संसदमा समान महिला प्रतिनिधित्व भएमात्र लोकतन्त्र सुदृढ हुने बताउनु भएको छ । अन्तर पार्टी महिला सञ्जालले राजधानीमा आज गरेको कार्यक्रममा उहाँले राजनीतिमा महिलाको बढ्दो प्रतिनिधित्व सुनिश्चित गर्न महिला र पुरुषको एकताबद्ध र सशक्त सहयोग जरुरी हुने बताउनुभयो । यस्तै नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राज्यको हरेक तहमा महिलाको समान पहुँच हुनुपर्नेमा जोड दिनुभयो । महिला आरक्षणमा मात्र सीमित नभई नेतृत्वको प्रतिस्पर्धामा आउनुपर्ने भन्दै सिटौलाले हरेक पार्टीले महिलाका मुद्दालाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले आगामी संविधानसभा निर्वाचनमा महिला अधिकारका विषयलाई घोषणा पत्रमा मात्र नभई व्यबहारमा कार्यान्वयन गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीहरुले आगामी निर्वाचनमा महिला उम्मेदवारको संख्या ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया