Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कोइराला , राष्ट्रपति भेट

काठमाडौं १६ बैशाख– नेपाली काग्रेसका सभापति सुशिल कोइराला र राष्ट्रपति रामबरण यादव बीच आज बिहान सितल निवासमा भेटवार्ता भएको छ । सरकारलाई सुझाब दिन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका कोइरालाले दलहरु बीच सहति जुटाउन सहयोग गरिदिन भेटमा राष्ट्रपतिसित आग्रह गरेको बताइएको छ । भेटका क्रममा राष्ट्रपति यादबले दलहरुलाई सहमतिमा ल्याउन भैरहेको पहल र चुनाबको तयारीका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा सभापति कोइरालाले निर्वाचनको मिति तोक्नु पूर्व निर्वाचन आचारसंहिताका विषयमा दलहरूबीच सहमति हुन नसकेको भन्दै सहजीकरण गरिदिन राष्ट्रपतिलाई आग्रह गरेको कोइराला निकट स्रोतले जनाएको छ । देशमा राजनीतिक संकट समाधानका लागि चुनावको विकल्प नभए पनि आन्दोलनरत दलहरूसँगको वार्ता सकारात्मक हुन नसकेकाले अन्यौल बढेको कोइरालाको भनाइ छ । भेटका क्रममा राष्ट्रिपति यादवले असारमा निर्वाचन गर्न सहमत भएका दलहरूले मंसिरका लागि समेत मिति तय गर्न नसकेको भन्दै आलोचना गरेका थिए । आन्दोलनरत दलहरूसँग वार्ता गरी निर्वाचनको मिति छिटो तोक्न राष्ट्रपति यादवले सभापति कोइरालालाई सुझाव दिएका छन् ।

0 comments

तपाईंको प्रतिकृया