Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्बाचन तयारी अन्तिम चरणमाः आयुक्त गुरुङ

नरेश के सी    भैरहवा १७ बैशाख ।      आगामी मंसिर महिनाभित्र संविधानसभाको निर्वाचन सम्पन्न गराउने ध्ययेले निर्वाचन आयोगले ७० प्रतिशत काम पुरा गरेको आयोगका आयुक्त दोलख बहादुर गुरुंगले जनाएका छन् । मंगलबार भैरहवामा सम्पन्न सरोकारवालाहरुसंगको एकदिने अन्र्तक्रियात्मक कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आयुक्त गुरुंगले भने निर्वाचन आयोगले संविधान सभाको निर्वाचनकोलागी तयारी दुत्रतर गतिमा गरिरहेकोछ । ” निर्वाचनको ७० प्रतिशत काम पुरा भईसक्यो ” आयुक्त गुरुंगले भने । आयुक्त गुरुंगले असारमा निर्वाचन हुननसक्ने प्राविधीक कठिनाई भएको बताए । प्राविधीक कठिनाईको रुपमा पछिल्लो समय राष्ट्रपतिबाट आएको २५ बुदें सहमतिलाई कार्यन्वयनमा ल्याउन खोज्दा कठिनाई भएको उनको कथन थियो । आयुक्त गुरुंगले भने “सम्माननीय राष्ट्रपति ज्युबाट आएको २५ बुदें सहमति अन्र्तगतको नागरिकता वितरण र मतादाता नामावली दर्तालाई एकिकृत गर्ने भन्ने पद्धतीलाई कार्यन्वयन गर्न जेठ मसान्त सम्म पनि सकिदैन । त्यसैले समय अभावका कारण प्राविधीक कारणले असारमा निर्वाचन गर्न नसीकने भएको हो ।” आयुक्त गुरुंगले आयोग मंसिर महिना भित्र निर्वाचन सम्पन्न गर्ने गरि योजनाबद्ध ढंगले लागेको समेत बताए । दलको सहमति र सहमति विनाको निर्वाचनले तात्विक अर्थ नराख्ने हुदा सबै दललाई निर्वाचनमा भाग लिन आयोगले बारम्बार आग्रह गरेको पनि उनले बताए । पत्रकार सम्मेलनमा वैद्य माओवादी लगायत केही दलले निर्वाचनमा भाग ल्याउलानत भन्ने पत्रकारको जिज्ञासामा आयुक्त गुरुंगले भने “ आयोगले सबै दललाई आग्रह गर्ने हो । तर अन्तिम विकल्प त छदै छ नी , पछि सरकारले निर्देश गर्यो भने हामी अन्तिम विकल्प पनि प्रयोग गर्ने छौ । ” उनले अन्तिम विकल्प भनेको जसरी मतादाताहरुलाई मतदात गर्ने स्वेच्छिकता हुन्छ त्यसैगरी दलहरुले निर्वाचनमा भागलिने र नलिने पनि स्वेच्छिकता हुने बताए ।“ करिब २ करोड ६६ लाख जम्मा जनसंख्या भएको नेपालीहरुमध्ये आसन्न संविधान सभा निर्वाचनमा १ करोड ५४ लाखले निर्वाचनमा भागलिने अपेक्षा आयोगले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईको थियो । हाल सम्म आयोगले १ करोड १३ लाख मतादातासंग प्रत्यक्ष साक्षात्कार गर्दै नामावली दर्ता गरिसकेको आयोगले बताएको छ । आगामी श्रावण सम्म १ करोड २० लाख मतादाता नामावली संकलन हुने र बाकी ३० लाख विदेशमा रहेकाहरुको उनी आयोगले जनाएको छ । सकभर विदेशमा रहेका नेपालीलाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउने लक्ष्य लिएको जसकोलागी फीलिपीन्स, दक्षिण कोरीया लगायतका मुलुकको अध्ययन गरी अध्ययन समुहले प्रतिवेदन समेत तयार गरिसकेको आयोगका सहसचिव वीर बहादुर राईले जनाए । यसरी हरेक तरिकाले निर्वाचन सम्बन्धि ७० प्रतिशत काम सम्मपन्न भएको आयोगले जनाएको छ । निर्वाचन सम्बन्धमा भैरहवामा आयोजित अन्र्तक्रियात्यतमक कार्यक्रममा रुपन्देही, नवलपरासी, कपीलवस्तु जिल्लाबाट संविधान सभा निर्वाचन २०६४ मा प्रतिनिधीत्व गरेका दलका प्रमुुख एवं प्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख, बारका पदाधिकारी, पत्रकार महासंघका पदाधिकारी, तीन जिल्लाका निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको थियो । आयोगका आयुक्त गुरुंगको अध्यक्षतामा सम्पन्न उक्त अन्र्तक्रियामा आयोगका सहसचिव वीरबहादुर राईले संविधानसभाको पृष्ठभूमी तथा कानुनी व्यवस्था,मतादाता नामावली, मतदाता शीक्षा एवं निर्वाचन तयारीको विषयमा कार्यपत्र पेस गरेका थिए । निर्वाचन संग सम्बन्धित तीन जिल्लाका सरोकारवालाहरुको अन्र्तक्रियात्मक छलफलमा मतदाता दर्ता, एकिकृत घुम्ति सेवा, मतदान केन्द्रको पुनारावलोकन, विद्युतिय मतदान यन्त्रको प्रयोग,निर्वाचन सम्बन्धि कानुन,निर्वाचन सुरक्षा, क्षेत्र निर्धारण लगायतका विषयमा व्यापक छलफल भएको थियो । छलफलमा उठेका जिज्ञासाको जवाफ आयुक्त गुरुंगले दिएका थिए । अन्र्तक्रियामा सहभागी तीन जिल्लाका सरोकारवालाहरुले निर्वाचन सम्बन्धि गतिविधी गर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

0 comments

तपाईंको प्रतिकृया