Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सवारी दुर्घटनामा दुईको मृत्यु, २५ घाइते

नवलपरासी, २४ चैत्र । नवलपरासीको माकर ४ दाउन्नेको ओरालोमा गएराति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बर्दघाट प्रहरी चौकीका अनुसार जनकपुरबाट नेपालगञ्जतर्फ आउंदै गएको रात्रीबस ब्रेकफेल भई ओरालोमा दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते २५ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते सर्लाहीको सल्यानपुर निवासी १ बर्षीय बालिका मानुषी यादव र रौतहट जिल्लाको कुडिया ६ निवासी १८ बर्षीय रुपन वैठाको उपचारको क्रममा बर्दघाट स्थित दाउन्नेदेवी पोलिक्लिनिकमा उपचारको क्रममा निधन भएको बर्दघाट प्रहरी चौकीले जनाएको छ । घाइतेहरुको चितवनको भरतपुर र बुटवलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया