काठमाडौ चैत्र २९ । पर्वतको पाखापानीको दलित बस्तीमा हिजो भएको आगलागीमा एक बृद्धाको मृत्यु भएको छ । आगलागिबाट २१ घरगोठ जलेका छन् । आगलागीमा परेर पाखापानी गाबिस ५ फनडाडाकी ७० वर्षिया कौशिला नेपालीको मृत्यु भएको हो । नेपालीको शब आफ्नै घरमा जलेको अबस्थामा गएराति मात्रै भेटिएको प्रहरीले जनाएको छ । आगलागीबाट ९ घर र १२ वटा गोठ जलेका छन् । हिजो दिउसो देखि सुरु भएको आगलागी राति २ बजे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियवासीको लामो प्रयास पछि मात्रै नियन्त्रणमा आएको हो । आगलागीको बेला हुरीबतास चलेका कारण नियन्त्रण गर्न कठिन भएको पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि पर्वत सदरमुकाम कुश्माबजारको सशस्त्र प्रहरी गणबाट बिशेष अग्निनियन्त्रक टोली पुगेको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाकी रहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनु भयो । यसैबीच नुवाकोटको त्रिशुलीमा रहेको भैरवी कपास उद्योेगमा गएराति आगलागी हुदा“ ३२ लाख मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको छ । आगोबाट उद्योेगको ‘ए ब्लक’मा रहेको तयारी कपास, कपास बनाउने कच्चा पदार्थ, कपडा लगायतका सामाग्री जलेर नष्ट भएको छ । गएराति ११ बजेदेखि लागेको आगो निभाउन रातभर विदुर नगर पालिकाको दमकल, सेना, प्रहरी तथा स्थानीयवासी पहल गरेपनि उद्योगमा भएका सबैसामान जलेरनष्ट भएपछि मात्र आज बिहान पा“च बजे नियन्त्रण्ँमा आएको थियो ।
पर्वतको दलित वस्तीमा आगलागि

0 comments
तपाईंको प्रतिकृया