Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बैद्यसँग चुनावी तालमेल हुन्छ : शर्मा

५ बैशाख, दाङ । एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले आगामी संविधानसभा चुनावमा नेकपा–माओवादीसँग तालमेल हुने बताउनु भएको छ । रिपोर्टर्स क्लब दाङले आज गरेको साक्षात्कारमा उहाँले एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी चुनावमा मिलेर जाने बताउनु भएको हो । केही असन्तुष्टि रहे पनि अन्ततः नेकपा–माओवादी चुनावमा सहभागी हुने उहाँको विश्वास छ । पूर्वशान्तिमन्त्री समेत रहेका शर्माले मंसिरमा हिमाली जिल्लामा हिउँ पर्ने र कठाङ्ग्रीने चिसोका कारण बसाँई सराँई हुने भएकाले मंसिरमा चुनाव गर्न उपयुक्त नहुने बताउनुभयो । चुनावको उपयुक्त समय कार्तिक महिना हुने उहाँको तर्क छ । कात्तिक महिनाभित्र चुनाव हुन नसके मुलुकमा संबिधान सभाको चुनाव कहिल्यै पनि हुन नसक्ने उहाँले ठोकुवा गर्नुभयो । एकीकृत नेकपा माओवादी बाहेक अन्य दलले चुनावी माहौल नबनाएको उहाँले बताउनुभयो । ‘काँग्रेस र एमालेले संविधान सभाको चुनावको तयारी गरिसकेका छैनन्, त्यसैले पनि चुनावी माहौल बन्न सकेको छैन’ उहाँले भन्नु भयो । कात्तिकमा चुनावको सुनिश्चितताका लागि जनदवाव आवश्यक रहेको शर्माको धारणा छ । ‘सबैबाट दवाव सृजना भए कार्तिकमा चुनाब हुन्छ,’ उहाँले भन्नुभयो, ‘होईन भने नेपालमा संबिधान सभा चुनाव हुनै सक्दैन ।’

0 comments

तपाईंको प्रतिकृया