चुनाव हुन नदिने षड्यन्त्र भोः भट्टराई
भक्तुपर ७ वैशाख, । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा बाबुराम भट्टराईले यथास्थितिवादीहरु संविधानसभाको चुनाव हुन नदिने षड्यन्त्रमा लागेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, नेपालले शनिबार भक्तपुरको सल्लाघारीमा आयोजना गरेको शुभकामना एवम् वनभोज कार्यक्रममा उहाँले यस्ता यथास्थिति र प्रतिक्रियावादीहरुबाट मानवअधिकारवादी सचेत हुनुपर्ने बताउनुभयो ।उहाँले नेपाली जनताको क्रान्तिलाई रोक्न देशीविदेशी प्रतिक्रियावादीहरु लागिरहेकाले उनीहरुको षड्यन्त्रलाई चिर्न नसके नेपाली क्रान्तिलाई पूरा गर्न नसकिने उल्लेख गर्नुभयो ।
उपाध्यक्ष भट्टराईलेे भन्नुभयो, “मानवअधिकार पनि वर्गीय हुन्छ, शोषित पीडित र उत्पीडनमा परेका वर्गका निम्ति मानवअधिकारवादी सङ्घसंस्थाले काम गर्नुपर्छ ।” जसका लागि मानव अधिकार चाहिएको हो, उसैका लागि मानव अधिकार नभई शोषकका हतियारको रुपमा प्रयोग भइरहेको चर्चा गर्दैर् उहाँले शोषित पीडित उत्पीडनको पक्षमा काम गर्न मानव अधिकारकर्मीलाई आग्रह गर्नुभयो ।
डा भट्टराईले द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका र बेपत्ता पारिएका घटनालाई छायामा पारेर मानवअधिकारको नाममा द्वन्द्वकालमा घटेका एकाध घटनालाई लिएर मात्र प्रपोगाण्ड मच्चाइएको आरोप लगाउँदै यसका विरुद्ध लाग्नसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाओवादीका केन्द्रीय नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी निर्वाचनमा एमाओवादीले दुईतिहाई बहुमत ल्याउने दाबी गर्नुभयो ।
0 comments
तपाईंको प्रतिकृया