Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रचण्डलाई लक्षित गरी बम राख्न खोज्ने चार जना पक्राउ

बैशाख ९ - नेपालगञ्ज, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी बम राख्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज गुलरिया सडखण्ड अन्तर्गत बर्दियाको मानखोला पुलमा आइतबार राती २ बजे बाल्टिन बम लिएर गइरहेका चार जनालाई बम र हतियारसहित प्रहरीले पक्राउ हो । सोमवार दिउसो प्रचण्ड बर्दिया आउने कार्यक्रम रहेकाले उनीहरुले प्रचण्डलाई लक्षित गरि बम राख्ने तयारी गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर, त्यसको पुष्टि भने भएको छैन । प्रहरीले उनीहरुका सम्बन्धमा अनुसन्धान भईरहेको बताएको छ । पक्राउपर्नेमा बर्दिया कालिका १ बोगटीयाका बिर्खवहादुर थापा र हरिवहाखुर सुनार, तथा सोरहवा ५ का कल्लु थारु र दलवहादुर गन्धर्ब रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ५ किलोको बाल्टिन बम, एउटा कटुवा पेस्तोल र २ वटा गोली बरामद भएको छ । उनीहरुको साथबाट नेकपा माओवादी क्रान्तिकारी लेखिएको परिचय पत्र र कागजपत्र भेटिएको प्रहरीले सोमबार दिउँसो उनीहरुलाई सार्वजनिक गर्दै जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया