महन्थका सहयोगी मोस्ट वान्टेड
काठमाडौं,६ वैशाख– कांग्रेसवाट विद्रोह गरेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरि सो पार्टीका अध्यक्ष समेत रहेका मधेशी नेता महन्थ ठाकुर देख्दा निकै भद्र र शालीन देखिन्छन् । उनले लोकतन्त्रका कुरा पनि चर्कै स्वरमा गर्छन । तर, आफ्नै सहयोगी भने उनले भारत सरकारका मोस्ट बान्टेड सूचिमा रहेका व्यक्तिलाई राखेको भेट्टिएको छ ।
तमलोपा स्रोतका अनुसार ठाकुरका सहयोगी सुशिल झा भारतमा मोस्ट बान्टेड व्यक्ति हुन् । उनले उत्तरप्रदेशका विधानसभा सदस्य नवलकिशोर राय र झारखण्डको अनरुल हकको हत्या गरेको भारतीय संचार माध्यमहरुले बताएका छन् । झालाई पक्राउ गर्नेलाई झारखण्ड र विहार सरकारले पाच–पाच लाख पुरस्कारको घोषणा गरेका छन् । मोस्ट बान्टेट सूचिमा रहेको व्यक्तिलाईस“गै लिएर हिडेकोमा तमलोपाका अन्य नेताहरुले अध्यक्ष ठाकुरस“ग असन्तुष्टि जनाएका छन् । तर, ठाकुरले भने यसमा खासै चासो दिएका छैनन् । अहिले ठाकुर अवको मन्त्रीपरिषदमा आफै प्रधानमन्त्री भएर जाने बताइरहेका छन् । सहयोगी लिएर हिडेका उनलाई यो कदम सच्चाउन आग्रह गरिएको छ । तमलोपाभित्र यो विषय विवादमा छ । तमलोपाका एक बरिष्ठ नेताले भने, ‘हाम्रा अध्यक्ष जो छ नि उसले मौसट वान्टेड सूचिमा रहेको मान्छे बोकेर हिडेको छ । यो त ठिक भएन नि । यसले त पार्टीको इमेज विगार्छ । फेरि चुनावमा पनि समस्या पर्छ ।’
0 comments
तपाईंको प्रतिकृया