Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गीताको उपचारका लागि आर्थिक सहयोग

 
यज्ञमूर्ति तिमिल्सिना,   पाल्पा २८ चैत्र ।   दुबै मृगौला फेल भएपछि मुम्बई स्थित एक अस्पतालमा उपचार गराइरहनुभएकी पोखराथोक २ पाल्पाकी गीता ढुंगानाको उपचारका लागि एक लाख ६४ हजार ३ सय रुपियाँ सहयोग स्वरुप प्रदान गरिएको छ । हाल लण्डनमा बस्दै आउनुभएका पाल्पा सोमादी गाविसका पशुपति पोखरेल, उहाँकी श्रीमति छमकला पोखरेल र बलराम चौलागाईको सक्रियतामा संकलन गरि पठाइएको उक्त रकमको चेक पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र पशुपतिका भाई रामजी पोखरेलले गीताका ससुरा कविराज ढुंगानालाई हस्तान्तरण गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बिदेशमा रहेर एउटी नेपाली चेलीको उपचारका लागि उहाँहरुले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै अरुले पनि गीताको उपचारका लागि अरुलाई सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । १ छोरीकी आमा २७ वर्षीया गीतालाई गत असारदेखि मृगौला सम्वन्धी समस्या देखिएपछि कार्तिक महिनादेखि भारतको मुम्वईमा उपचार गराउँदै आउनुभएको छ । उहाँका श्रीमान खेमराज ढुंगाना रोजगारीका सिलसिलामा कतारमा रहनुभएको छ । गीताको उपचारका लागि झण्डै १५ लाख रुपियाँ लाग्ने र उक्त रकम जुटाउने क्षमता आफूहरुसँग नरहेकोले सक्दो रुपमा आर्थिक सहयोग गरि आफ्नी बुहारीको उपचारमा सहयोग गर्न गीताका ससुरा कविराजले अनुरोध गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया