अनिज पाल्पामा आले
संघको उपाध्यमा यमुना सारु, सचिवमा हरि बाहादुर सारु, सहसचिवमा रन बाहादुर कुमाल र कोशाध्यक्षमा सिता गाहा निवार्चित हुनु भएको छ ।
नयाँ निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई आदिवासी जनजाति पत्रकारसघंका केन्द्रिय सदस्य तिलक पुन मगरले सफथ ग्रहण गराए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तिलक पुन मगरले देश संक्रमणकालित अवस्थामा रहेको र यो अवस्थामा पत्रकारहरुले सत्य तथ्यपरक रुपमा निश्वार्थ भावले कलम चलाउनु पर्नेमा जोड दिए । उनले पत्रकारहरु विचार र अस्थाको आधारमा लुप्त हुन नहुने बताए । उपाध्यक्ष पुनले जनजाति पत्रकारहरुलाई आफ्नो क्षमतालाई सकारात्म ढङ्ले प्रस्तुत गर्दै , गोलबद्ध भई हक अधिकार सुनिश्चित गर्दैँ पछाडी पारीएको वर्गहरुलाई हरेक तह र तप्कामा समानुपातिक सहभागिता गराउनको लागि पहल कदमी लिन समेत आग्रह गरे ।
त्यस्तै वरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकार आफै राज्यको चौथो अङ्ग र तेस्रो आखाँको रुपमा रहेकोले कुनै व्यत्ति विषेश र दलको पक्षपोषण गर्न नपर्ने बताए । नेपाल पत्रकार महासघं पाल्पाका अध्यक्ष भगवान भण्डारी, नेफिन पाल्पाका पूर्व सल्लाहकार अशोक कुमार शाहि, नेपाल जनजाति पत्रकार सघंका सल्लाहकारहरु अनिल लिगल, राजेन्द्र लिगल लगायतले अधिवेशनको सफलताको लागि शुभकामना व्यत्त गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया