Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादी कार्यकर्ताको 'वायोग्राफी'बनाइने


२३ चैत, काठमाडौं ।
एकीकृत नेकपा माओवादीले कार्यकर्ताको पदोन्नती गर्दा अबदेखि लिखित वायोग्राफीलाई आधार बनाउने भएको छ । हालसम्म सम्बन्धित पार्टी कमिटी वा नेताले भनेको भरमा कार्यकर्ताको पदोन्नती हुने गरेको थियो । अबदेखि कार्यकर्ताको पदोन्नती गर्दा बैज्ञानिक विधि बनाइने एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले जानकारी दिनुभयो । ‘अबदेखि हरेक कार्यकर्ताको लिखित वायोग्राफी बनाएर त्यसैको आधारमा पदोन्नती गरिन्छ,’ शर्माले भन्नुभयो । त्यसको लागि यसअघि भरेको पार्टी सदस्यता नवीकरण फारामका आधारमा संभावित केन्द्रीय सदस्यहरुको बायोग्राफी तयार पारिने शर्माले जानकारी दिनुभयो । पार्टी सन्चालन तथा कार्यकर्ताको पदोन्नतीबारे वैज्ञानिक मापदण्ड तयार पार्न चैत १८ गते बसेको केन्द्रीय समिति बैठकले नेता कृष्ण बहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यकर्ता पदोन्नती र पार्टी संचालनको मापदण्ड निर्धारण कार्यदलमा महरा सहित जनार्दन शर्मा, देवेन्द्र पौडेल, हिसिला यमी र रेखा शर्मा सदस्य छन् । आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेर वैज्ञानिक मापदण्ड बनाउन गृहकार्य शुरु गर्ने कार्यदलको तयारी छ । कार्यदलको सुझावको आधारमा हाल मनोेनित केन्द्रीय सदस्य र मनोनित हुन बाँकी सदस्यहरुको नामावली तयार पारी आगामी केन्द्रीय समितिको बैठकमा पेश गरिने छ ।

0 comments

तपाईंको प्रतिकृया