चट्याङ लागेर १ जनाको मृत्यु, ३ घाइते
दाङ १३ बैशाख । दाङको हेकुलीमा गएराती चट्याङ लागेर एकजनाको ज्यान गएको छ । हेकुली गाविस वडा नम्बर १ बैबाङकी २३ बर्षीया सुनीता चौधरीको चट्याङ लागेर ज्यान गएको हो । चौधरीलाई राती सवा १ बजेतिर चट्याङ लागेको थियो ।
चट्याङ लागेकी सुनिताको घटनास्थलमै ज्यान गएको उहाँका श्रीमान श्यामसुन्दर चौधरीले जानकारी दिनुभयो ।
रुकुममा ३ जना घाइते
यसैबीच रुकुमको प्वाङ गाविसमा चट्याङ लागेर एकै घरका तीनजना घाईते भएका छन् । वडानम्वर ५ मा रहेको भिमबहादुर घर्तीको घरमा चट्याङ लागेर घर्तीकी ३६ बर्षीया श्रीमती अनुरुपी, छोराहरु १८ बर्षीय रेशम र २ बर्षीय सुन्दर घाइते भएका हुन् ।
घाईते सबैको प्वाङस्थित उपस्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ । प्राथमिक उपचार पछि रेशम घर फर्किएको र अनुरुपी र सुन्दरलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयल रुकुमले जानकारी दिएको छ । चट्याङले घरमा पनि सामान्य क्षेती पुर्याएको छ ।
0 comments
तपाईंको प्रतिकृया