Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मंसिरमा चुनाव नभए सरकार विघटनःपौडेल

काठमाडौं,बैशाख ७–प्रमुख दलका नेताहरुले मंसिरको पहिलो साताभित्र संविधानसभाको निर्वाचन गर्न नसके खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारलाई हटाउने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडेलले मंसिर पहिलो साता निर्वाचन गर्न नसके त्यसपछि यो सरकार एक दिन पनि टिक्न नसक्ने बताए । उनले भने, मंसिर पहिलो साताभित्र पनि निर्वाचन गर्न नसके यो सरकार एक दिन पनि टिक्न सक्दैन । चुनाव गर्न बनेको सरकारलाई चुनाव गर्न नसक्दा बसिरहने नैतिकताको आधार रहँदैन ।’ पौडेलले सरकारले निर्वाचनको मिति घोषणा नगरी सत्ता लम्ब्याउने षड्यन्त्र गरिरहेको शंका पनि ब्यक्त गरे । निर्वाचनको मिति घोषणा गरे पछि माहौल बन्ने भन्दै उनले तत्तकाल चुनावको मिति तोक्न माग गरे । कांग्रेस नेता गोपालमान श्रेष्ठले अहिलेको प्रक्रियाको विरोधमा रहेका नेकपा माओवादी र मधेसवादी दलहरुको सहमति विना मंसिरमा पनि निर्वाचन हुन नसक्ने बताए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पछिल्लो अभिब्यक्ति मंसिरमा पनि निर्वाचन नगराउने ग्राईण्ड डिजाईन अन्र्तगत आएको उनको दावी छ । एमाले नेता रघुवीर महासेठले मंसिरको पहिलो साता निर्वाचन गर्न नसके मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजीनामा गर्नु पर्ने बताए । उनले भने,भारतमा नक्सलबादी विरोधमा हुँदा हुँदै निर्वाचन भएको छ । केन्या पनि यस्तै परिस्थितिमा निर्वाचन भएको छ । यहा कीन नहुने उनले नेकपा माओवादी सहितका दलहरुले राखेको माग पुरा गरे वर्तमान चुनावी सरकार नै विघठन हुने टीप्पणी समेत गरे संघीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै विचार मिल्ने दलहरुलाई समेटेर एक मुष्ट रुपमा सरकारसँग वार्ता गर्ने स्पष्ट पारे ।

0 comments

तपाईंको प्रतिकृया