पाल्पाका नीजि विद्यालयमा तालावन्दी
नेकपा– माओवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारीले) पाल्पा तानसेनका नीजि विद्यालयमा आइतवार तालावन्दी गरेका छन् ।
क्रान्तिकारीले १५ बुँदे माग सहित तानसेनको सेन्ट कपितानियो, न्यू होराइजन, बेथल र पाल्पा आवासिय बोर्डिङ्गको लेखा र प्रशासनमा तालवन्दी गरेको हो ।
नीजि विद्यालयमा अनियमित रुपमा वृद्धि भइरहेको शिक्षण शुल्क घटाउन, नीजि शिक्षण संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई शिक्षा नियमावलीमा निर्धारित गरिएअनुसार सेवा सुविधा उपलब्ध गराउन, अतिरिक्त शुल्कको नाममा विद्यार्थीबाट अनियमित रुपमा शुल्क अशुल गर्ने काम तत्काल बन्द गन लगाएतका माग सहित तालवन्दी गरिएको क्रान्तिकारीका अध्यष आशिष दुधराजले बताए ।
कुनै पनि शैक्षिक संस्थामा कम्तिमा २५ प्रतिशत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउन, पाल्पामा शैक्षिक सत्रको सुरुवात नहुँदै भर्ना लिइएको पाइएको हुनाले सो कार्य तत्काल खारेज गरी पून ः प्रवेश परिक्षा गरी भर्ना गर्न, कतिपय नीजि विद्यालयमा शिक्षाको नाममा धर्म प्रचार गर्दै आएको कार्य तत्काल बन्द गरी पूर्णतया शैक्षिक क्रियाकलाप गराउन, नीजि शैक्षिक संस्थाहरुमा विभिन्न विद्यार्थी संगठनहरुलाई संगठनात्मक क्रियाकलापहरु गर्न माग गर्दै तालावन्दी गरिएको उपाध्यक्ष राजकुमार पन्थीले बताए ।
उल्लेखित मागहरु तत्काल पुरा नगरिए वा मागरुलाई बेवास्ता गरी ताला खोलिएको पाइएमा कडा संर्घषमा उत्रिन बाध्य हुनेछौँ सचिव सुमित घर्ती र अध्यक्ष आशिष दुधराज द्वारा हस्ताक्षरित तालाबन्दी पत्रमा उल्लेख छ । उनीहरुले सोमवार अन्य नीजि विद्यालयमा समेत तालावन्दी गरिने जनाएका छन् ।


0 comments
तपाईंको प्रतिकृया