दुर्घटनामा एकको ज्यान गयो
कपिल ज्ञवाली बुटवल १४ बैसाख पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएकोछ । दुर्घटनामा दुई जना घाईते भएकाछन् भने एक जनाको अवस्थाको गम्भिर रहेको प्रहरीले जनाएकोछ । गएराति कावासोती वाट प्रगतिनगर तर्फ जादै गरेको ना१७प ८०५६ नम्बरको मोटरसाईक पिठौलि जंगलमा रोकि राखेको बा२ख ९३७६ को ट्रक संग ठोकिन पुग्दा मोटरसाईकलमा चालक प्रगतिनगर—१ का सन्तोष न्यौपानेको मृत्यु भएको हो । मध्यबिन्दु बहुमुखि क्याम्पसका अंग्रेजि विषयका प्राचार्य समेत रहेका न्यौपानेको उपचारका लागि कालिगण्डकी अस्पतालमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएकोछ । त्यस्तै पश्चिम वाट पूर्व तर्फ जादै गरेको लु३प ८४८० नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फ जादै गरेको ना१२प ७८५५ नम्बरको मोटरसाईकल कावासोतिमा एक आपसमा ठोकिन पुग्दा दुई जना घाईते भएकाहुन । दुर्घटनामा परि घाईते भएका दुवै जना ७८५५ नम्बरका मोटरसाईकलमा सवार रहेका थिए । घाईते मध्ये नवलपरासी गैडाकोट—२ का अशोक श्रेष्ठ गभिर रहेको र उनकोे भरतपुर अस्पतालमा उपचार भईरहेको नवलपरासी प्रहरीले जनाएकोछ ।
0 comments
तपाईंको प्रतिकृया