आधुनीक प्रबिधी प्रयोगसंगै परम्परागत ढिकी जाँतो लोप हुँदै

सन्तोष बस्याल
पाल्पा २४ चैत्र । आधुनिक प्रविधिको प्रयोग बढदै जाँदा यहाँका गाम्रीण क्षेत्रका महिलाहरु पनी अन्नबाली कुटानी पिसानी गर्न आधुनीक प्रबिधि युक्त मेशिन तर्फ आकर्षित हुन थालेका छन । यसरी महिलाहरु आधुनिक प्रबिधी तर्फ आकर्शित बनेपछि भने अहिले पुरानो प्रविधि काठको ढिकी, ढुङ्गाको जाँतो लोप हुने अबस्थामा पुगेको छ । बढ्दो आधुनिक प्रविधिको विकास सँगै गाम्रीण क्षेत्रमा पनि यस्ता पुराना प्रविधिमार्फत संचालित कुटान पिसानका साना यन्त्रहरु ढिकी जाँतो प्रयोग हुन छाडेका हुन ।
ग्रामिण भेगमा पनी आधुनिक प्रविधिका मेसिनको प्रयोग अत्याधिक मात्रामा बढन थालेपछि अहिले काठबाट निर्मित ढिकी र ढुङ्गाबाट निर्मित जाँतो प्रयोग बिहिन भएका हुन । कुटान गर्नका लागि खुट्टाको बल प्रयोग गर्नुपर्ने र पिसानका लागि जाँतो रिगाउनुपर्ने भएकाले गर्दा यस्ता पुराना ढिकी जाँतोको प्रयोग गर्न समस्या रहेको गृहणीहरुको भनाई छ । काठको ढिकीको प्रयोग गरी धानको बोक्रा फकेर चामल, गुन्दुक बनाउन कोदो फल्नका लागि प्रयोग गरिन्छ भने जातोबाट मकै, चामल कोदोलाई पिठो बनाउनका लागि प्रयोग गरिन्छ । केही बर्ष अघी सम्म गाउँघरमा यस प्रकारको प्रबिधीको प्रयोग महिलाहरुले अत्याधिक गर्ने भए पनी अहिले नगन्य मात्रामा प्रयोगमा छ । कुटन र पिसान गर्नका लागि मिलमा एकसाथ काम हुने भएपछि मान्छेहरु पुरानो प्रविधिको प्रयोग गर्न छाडेका हुन ।
“ढिकी जाँतोबाट कुटानी सिसानी गर्दा धेरै समय लाग्थ्यो र दुख पनी बढी गर्नु पथ्र्यो त्यसैले समय बचत र सजिलोका लागी पनी मेशिन उपयुक्त छ” तेल्घा १ की मनमाया थापा भन्छीन । अहिले गाँउमै मिल संचालन हुन थालेपछि पुरै गाउमा ढिकी जाँतो नै पाउन मुस्किल हुने उनको भनाई छ । “थोरै पिस्नका लागी मिक्स्चरको प्रयोग गरिन्छ धेरै पिस्न परे मिल तिर लगिन्छ त्यसैले डिकी जाँतो चलाउनै छाडियो” यम्घाकी प्रेमकला बस्याल भन्छिन । उनका अनुशार बिदेशमा रहने हरुबाट आफु फर्कदा बिद्युतबाट चल्ने र छिटो काम गर्ने हलुका खालका पिसानीका सामग्रीहरु प्रशस्तै मात्रामा गाँउघरमा भित्रिएका छन । पहिला जस्तो सासुहरुको खटन पटन सहनु नपर्ने र पैसा तिरेपछि सबै काम केही समयमै हुने गरेकोले महिलाहरु सो प्रविधितर्फ आकर्षित बनेको गृहीणीहरु बताउछन ।

0 comments
तपाईंको प्रतिकृया