गहुको उत्पादन २० प्रतिशतले घट्यो, मूल्य भने आकाशियो
कपिल ज्ञवाली, बुटवल १२ बैसाख
मौसम प्रतिकूलका कारण रुपन्देहीमा यस वर्È गहु“को उत्पादन २० प्रतिशतले घटेको छ । फागुन महिना भर लगातार चलेको हावाले दाना खलामा झारेकाले उत्पादनमा कमी आएको हो । दाना लाग्ने बेलामा पानी परेपछि गहु“को उत्पादन बढ्ने कृषि बिज्ञहरुले आंकलन गरेका थिए । बिउ छरेको अबस्थामा र बेलाबेलामा पानी परेको भएपछि खेती स्याहार्ने बेलामा मौसमले धोका दिएको हो । उत्पादन घटेपछि गहुको मुल्य आकाशिएको छ । गतसाल १६ रुपैंया रहेको गहुको मुल्य एक बर्ष नपुग्दैे २२ रुपैंया पुगेको छ ।रुपन्देहीमा ३० हजार ५ सय हेक्टरमा गहु“बाली लगाइएको थियो । ‘फागुनको हावाहुरीले दाना जति खेतमा खसाल्यो’–कृषि कार्यालयका बाली विकास अधिकृत राजेन्द्र प्रसाद चौधरीले भने–‘किसानलाई यसबर्ष मौसमले धोका दिएको हो ।’ ‘शूरुको अबस्थामा मौसमको राम्रै थियो,तर पछिल्ला दिनमा मौसम प्रतिकूल बन्यो ।’चौधरीको भनाइ छ । गतवर्È जिल्लाका ३० हजार हेक्टरमा लगाइएको गहु“बालीमा ६७ हजार ५ सय मेट्रिक टन गहु“ उत्पादन भएको थियो । गतवर्Èको तुलनामा यस वर्È उत्पादन २७ दशमलव ९३ प्रतिशतले बढेर ८६ हजार ३ सय ५० मेट्रिक टन पुग्ने कृषि कार्यालयको अनुमान पनि ब्यर्थ बनेको छ ।
यसबर्ष २० प्रतिशतले घटेर ५४ हजार मेट्रिक टन मात्र उत्पादन भएको कृषि कार्यालयले रुपन्देहीले जनाएको छ । गहु“ नेपालको तेश्रो मुख्य खाद्यान्न बाली मानिन्छ । गहु“बाली लगाइएको कुल जग्गामध्ये २७ हजार हेक्टरमा सि“चाईको राम्रो सुबिधा छ । कार्यालयका अनुसार जिल्लाका ४७ हजार ६ सय ६७ हेक्टर जग्गामा सि“चाइ सुविधा उपलब्ध छ । जिल्लाको अधिकांश स्थानका कृषकहरुले भृकुटी, गौतम,बिजय गहु छरेका थिए । यसपटक नेपाल लाइन (एनएल) मा बढि रोग लागेको बाली विकास अधिकृत चौधरीले बताए । मौसम परिबर्तन संगै आधुनिक प्रबिधिको प्रयोग र अनुकुल शैलीमा खेती गर्न मेरो सल्लाह छ, उनले भने ।
परम्परागत तरिकाले पहिलेदेखि गर्दैै आएका खेतीको तुलनामा कृषि कार्यालयले सिफारिस गरेको नया र उन्नत जातका बिउ रोप्ने हो भने सबै बालीको उत्पादनमा वृद्धि हुने कार्यालयको भनाइ छ । ‘सोंचे अनुरुप उत्पादन भएन’—शंकरनगर ६ का किसान दिपक गौतम अगाडि थप्छन्—‘यसपालि गंहु राम्रै फलेको थियो तर स्याहार्ने बेलाको हावाहुरीले दाना जति खेतमा खसाल्यो,गत साल २० कुइन्टल गंहु स्यारेका दीपकले यसपटक १६ कुइन्टल मात्र स्याहारेको सुनाए ।’

0 comments
तपाईंको प्रतिकृया