प्रचण्डको गठबन्धन गरेर दुई तिहाई मत ल्याउने उद्घोष
काठमाडौं,चैत २७–एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असारमा नभए मंसिरमा चुनाव हुन नदिने अभिब्यक्ति आफुले नदिएको प्रष्ट पारेका छन् ।
आफुहरुको एक मात्र सर्त जतिसक्दा चाडो संविधानसभाको निर्वाचन भएको भन्दै प्रचण्डले आफुले असारमा नभए मंसिरमा चुनाव हुन नदिने भन्दै नभएको दावी गरे ।
निर्वाचनकै लागि सरकारको नेतृत्व छाडेर खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाएको भन्दै प्रचण्डले छिटो भन्दा छिटो मुलुकलाई निर्वाचनमा होम्न आग्रह गरे ।
भेनजुयेलमा ह्युग चावेजको निधनको १ महिनामै चुनाव हुन लागेको उदाहरण पेश गर्दै प्रचण्डले ईच्छा शक्तिहुने हो भने अझै पनि असारमै निर्वाचन गर्न संभव रहेको जिकीर गरे ।
उनले असारमा निर्वाचन गराउन नसक्ने हो भने, कारण प्रष्ट रुपमा घोषणा गरी कार्तिकमा चुनाव गराउन सरकारसंग माग गरे ।
बाग्लुङमा आयोजित चुनावी सभालाई संवोधन गर्दै प्रचण्डले राष्ट्रिय एकता र अग्रगामि संविधानका लागि सबै संगठित हुनु आवश्यक रहेको बताए ।
काग्रेसलाई यथास्थीतिवादी, एमालेलाई राजावादी र एकिकृत माओवादीलाई प्रगतिशील, अग्रगामि शक्तिको संज्ञा दिदै उनले कुन शक्तिको पछि लाग्ने भन्ने कुरो जनताको स्वविवेकीय अधिकार भएको बताए ।
विगतमा केहि गल्ती गरेको भएपनि एकिकृत माओवादी अझै पनि सिंह नै रहेको र काग्रेस–एमाले बादर भएको भन्दै प्रचण्डले सिंह की वादर के रोज्ने त्यो जनताको कुरा भएको उल्लेख गरे ।
एकिकृत माओवादीले आउदो निर्वाचमा मधेशमा मधेशवादी शक्ति र पहाडमा अदीवासि,जनजाति,दलित तथा साना पार्टीहरुसंग मोर्चाबन्दी गरेर दुई तिहाई बहुमत ल्याउने योजना बनाएको खुलासा समेत प्रचण्डले गरे ।
रामचन्द्र झाँ लगायत उच्चतहका नेताहरु माओवादीमा प्रवेश गरिसकेको र अरु पनि थुप्रै प्रवेश गर्ने क्रममा रहेको भन्दै उनले केहि समय पछि एमालेमा ३,४ जना नेता मात्र बाकी रहने टीप्पणी गर ।
उनले स्वर्गीय प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला छदा सम्म काग्रेस पार्टीमा सिद्धान्त र विचार रहेको भएपनि उनको निधनसंगै त्यो समाप्त भएको र काग्रेस विचार र सिद्धान्तहीन पार्टी बनेको दावी गरे ।
उनले काग्रेसको अहिलेको नेतृत्वबाट परिवर्तनको अपेक्षा गर्नु गोरु दुहेर दुध खान्छु भन्नु जस्तै भएको टीप्पणी गरे ।
उपाध्यक्ष बाबुराम भट्टराइले केही राजनीतिक क्रान्ति पूरा भएपनि क्रान्ति अझै बाँकी रहेको बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको दावी गरे। उनले कसैले भ्रष्टाचार गरेको भए प्रमाण पेश गर्न चुनौती दिऐ ।
उपाध्यक्ष भट्टराइले आगामी निर्वाचनमा आफ्नो पार्टी अझै ठूलो भन्ने दावी गरे ।
कार्यक्रममा विभिन्न पार्टीबाट प्रबेश गरेका कार्यकर्तालाई अध्यक्ष प्रचण्डले टिका लगाएर स्वागत गरेका थिए ।
0 comments
तपाईंको प्रतिकृया