चितुवाले दुई वर्षीय बालक मार्यो
काभ्रे १८ बैशाख। चितुवाको आक्रमणबाट काभ्रेको मेथिनकोट गाविस वडा नम्बर ९ भेडाबारीमा दुई बर्षीय बालकको मृत्यु गएको छ ।
हिजो साँझ खाना खाँदै गरेका केशव प्रसाद भुर्तेलका छोरा मोहनलाई राति ८ बजेतिर चितुवाले आक्रमण गरी जंगल तर्फ लगेको थियो । स्थानीयबासी, भकुण्डे र बालुवा प्रहरी चौकीको सहयोगमा राति अबेर घरदेखि २ सय मिटर टाढा रहेको लप्से जंगलमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
चितुवाले दुईवटा खुट्टा खाइसकेको अवस्थामा बालकको शव भेटिएको स्थानीय बासिन्दाहरुले बताएका छन् । 
0 comments
तपाईंको प्रतिकृया