Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बिश्व कृतिमान राख्दै पाल्पाली नारायण


यज्ञमूर्ति तिमिल्सिना    
  पाल्पा-  एउटा मान्छेले एउटा हातमा कतिवटा टेनिस बल अड्याउन सक्ला ? तपाईले जवाफ दिनुहोला ८ वटा १० वटा तर यहाका एक जना युवाले एक हातमा २४ वटा बल सफलतापूर्वक अड्याएर कृतिमानी राख्दैछन् । देशका हरेक नेतृत्व तहमा पाल्पाली नै छन् । पाल्पा र पाल्पालीको चर्चा बढ््दो यही अभियानमा अर्को इट्टा थप्दैछन्, पाल्पाली युवा नारायण तिमिल्सिनाले । पाल्पा खानीगाउ“ गाविस वडा नं. ७ का २७ वर्षीय युवा नारायण तिमिल्सिनाले एकै हातमा २४ वटा लन टेनिस बल अड्याएर गिनिज बुकमा नाम लेखाउने तयारी गरेका छन् । यसअघि एकैहातमा २२ वटा बल अड्याएर इटलीका एक जना ब्यक्तिले सो को उपाधि पाउनुभए पनि उक्त रेकर्डलाई उछिन्दै तिमिल्सिनाले २४ वटा बल अड्याउन सफल भएका हुन् । चैत ८ गते काठ्माण्डौ स्थित रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उनले २३ वटा बल एउटै हातमा अड्याएर देखाएका थिए । उनले प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट एवम् सम्मान कार्यक्रममा उनले सफलतापूर्वक २४ वटा बल झण्डै १ मिनेटसम्म दाया हातमा अड्याएर देखाए । २०६७ साल जेठ १ गते पाल्पा बुटवल सडक खण्डको सिद्धबाबामा मोटरसाइकल दुर्घटनामा परि देब्रे खुट्टा गुमाएका तिमिल्सिनाले अस्पतालमा उपचारका क्रममा यस्तो योजना बनाएको जानकारी दिए । उनले भने“२ महिनासम्म बिएण्डबि अस्पतालमा रहेका बेला इन्टरनेट र पत्रपत्रिका मार्फत यसबारे धेरै जानकारी लिए र आफुले पनि निरन्तर प्रयास गर्न थाले ।” उनले भने “म यसबारे पहिले देखि नै जिज्ञाशु थिए ।” “काठ्माण्डौको रिपोटर्स क्लवमा भएको पत्रकार सम्मेलनको भिडियो र अन्य समाचारका अर्धकट्टीहरु सम्वन्धित निकायमा पठाइएको छ । सायद केही समयमा त्यसको प्रमाणपत्र आउ“छ होला ।” नारायणले भने । यसरी पाल्पाली ब्यक्तिले बिश्वमै बेग्लै प्रतिभा देखाएर जिल्लालाई नै चिनाउन सफल भएकोमा पाल्पालीहरु हर्षित भएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलन एवम् सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य ठाकूर गैरेले भने “नारायणजीले आफ्नो निरन्तर मेहनत र परिश्रमले यो सफलता पाउन सक्नुभएको हो यसमा सबै पाल्पालीहरु खुशी छन् ।” कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारी, नेकपा एमाले पाल्पाका उपाध्यक्ष देबी बश्याल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगायतले बोल्दै शारिरीक रुपमा अपांगता हु“दैमा सबै कुरा बिग्रन्छ भन्ने भ्रमलाई चिर्दै उनले आफ्नो प्रतिभा बिश्वरभर चिनाउन सफल भएकोमा बधाई ज्ञापन गरे । दुर्घटनामा पनि लौ मर्ने भयो भन्नेसम्म पुगेको छोरो बा“चेर यसरी बेग्लै प्रतिभा देखाई लोकप्रिय भएकोमा उनका परिवारका सदस्य एवम् छिमेकीहरु समेत खुशी भएका छन् । उनकी आमा नैना तिमिल्सिनाले भनिन् “तपाईको छोराले यस्तो राम्रो काम गर्नुभयो नि भन्दै सबैले बधाई दिनुहुन्छ निकै खुशी लाग्छ ।” खानीगाउ“ गाविसमा जन्मेका तिमिल्सिना हाल बराड्डदी गाविसमा स्थायी रुपमा बस्दै आएका छन् ।

0 comments

तपाईंको प्रतिकृया