मधेसका मुद्दा मिल्ने दलसँग एकीकरण हुनसक्छ : ठाकुर
वीरगन्ज १२ बैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा मिल्ने दलसँग आफ्नो पार्टी एकीकरण हुनसक्ने बताउनु भएको छ । मधेसका मुद्दा स्थापित गर्न सबै मधेसवादी दल एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
पर्साको वीरगन्जमा आज सन्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले पार्टीको विलय वा एकताका लागि विजय कुमार गच्छदार, अनिल कुमार झा, जेपी गुप्ता र राम नरेश रायसँग छलफल चलिरहेको जानकारी दिनुभयो ।
मधेसका दलबीच एकता नभए आगामी चुनावमा मोर्चाबन्दी वा तालमेल गर्ने जानकारी दिनुभयो । उहाँले एकीकृत नेकपा माओवादीसँग चुनावमा मोर्चाबन्दी गर्नेबारे छलफल नभएको बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया