Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आइतबारदेखि नागरिकता वितरण शुरु हुने

५ बैशाख, काठमाडौं । सरकारले आगामी संविधानसभा निर्बाचनका लागि आउँदो आइतबारदेखि देशभर नागरिकता वितरण टोली परिचालन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले ७५ वटै जिल्लामा नागरिकता वितरण टोली परिचालन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चार मन्त्री माधव पौडेलले संविधानसभा निर्बाचनका लागि नागरिकता वितरण सम्बन्धी निर्देशिका र कार्य सञ्चालन विधि पारित गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद बैठकले माओवादी पूर्वलडाकु समायोजन सम्बन्धि केही काम बाँकी रहेकाले पूर्वरथी बालानन्द शर्मालाई समन्वयकर्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाल ट्रष्टको सम्पत्ति संरक्षणका लागि तीन करोड २५ लाख रुपैया छुट्याउने निर्णय पनि गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया