Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पूर्व राजपरिवार स्वेदश फिर्ता

काठमाडौं ८ बैशाख, । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई सही बाटोमा हिँडाउन सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । देशको राजनीति अस्वस्थ अवस्थामा रहेको टिप्पणी गर्दै उहाँले सबै जिम्मेबार बनेर देशलाई संकटबाट पार लगाउनु पर्ने बताउनुभयो । छोरा पारसको स्वास्थ्य अवस्था बुझेर थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै शाहले यस्तो बताउनु भएको हो । उहाँले पारसको स्वास्थ्य अवस्थामा सुधार आएपछि हाल पुनस्र्थापना केन्द्रमा राखिएको र केही दिनपछि स्वदेश फर्किने जानकारी दिनुभयो । उहाँले पारसको स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो । गत फागुन ८ गते हृदयघात भएपछि अस्पतालमा बैंककस्थित समितिभेज अस्पतालमा भर्ना गरिएका पारसको स्वास्थ्य अवस्था बुझ्न पूर्व राजपरिवार थाइल्याण्ड पुगेको थियो । पूर्व राजा ज्ञानेन्द्रसँगै, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र पारसकी जेठी छोरी पनि आइतबारै काठमाडौं फर्किएका छन् ।

0 comments

तपाईंको प्रतिकृया