प्रचण्डको जासुसी गर्न बेइजिङ पुग्ने को ?
काठमाडौं, वैशाख ५ – एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बनेपछि भारतीय इच्छा विपरित पहिलो औपचारिक विदेश भ्रमण गर्न चीन गए । भ्रमण समापन गरेर उनी फर्कदाँ मात्र थाहा भयो – तत्कालिन मुख्य सचिव भोजराज घिमिरे र परराष्ट्रका अर्का एक कर्मचारी ज्ञानचन्द्र आचार्य उनको भ्रमणको चियोचर्चो गर्न भ्रमण दलको सदस्यकै रुपमा सँगै गएका रहेछन् । उनीहरु बेइजिङबाट सिधै दिल्ली गएर रिर्पोटिङ गरे र त्यसपछि भारतले प्रचण्डमाथि कसरी आक्रमण ग¥यो त्यो सबैलाई थाहा छ । त्यही भएर पनि हेला यसपटकको साता लामो भ्रमण दलमा प्रचण्डले निजी सचिवालयका बाहेक अन्य कसैलाई लगेनन् । त्यही भएर दक्षिणको छिमेकीका लागी चियोचर्चो गर्न उनीसँगै कुनै पनि सरकारी कर्मचारी चीन जान पाएनन् । तर सरकारी तलब खाइरहेका एकजना पत्रकार भने आफ्नो जागिर जोखिममा पारेरै भएपनि दक्षिणको निर्देशन र प्रायोजनमा चीन गएको बुझिएको छ । रेडियो नेपाल सम्बद्ध स्रोतले बताए अनुसार रेडियो नेपालमा हिन्दी भाषामा समचार वाचन गर्ने पंकज दास यसरी आफ्नै मुलुकविरुद्ध हुने चियोचर्चोमा लागेका हुन् ।
स्रोत भन्छ, रेडियो नेपालको सामान्य जागिरे आफ्नै खर्चमा विदेश घुम्न सक्ने कुरा भएन न त सरकारले नै उनलाई रिर्पोटिङका लागी पठाएको हो । यसबाट प्रस्ट हुन्छ, उनी कसैका प्रायोजनमा नै त्यता गएका हुन् । उनी योजनाबद्ध रुपमा नै चियोचर्चो गर्न खटिएको एउटा प्रमाणसमेत फेला पारिसकेको छ । त्यो के हो भने अस्ति बुधवार पूर्व निर्धारित योजना अनुसार नै केही मधेसका पत्रकारहरुको एउटा टोली संचारमन्त्री माधव पौडेललाई मन्त्रालयमा नै घेरे र सोधे, ‘पंकजलाई किन निकालेको ? गैर मधेसी मन्त्री आउना साथ मधेशीलाई हैप्ने ?’ विचरा मन्त्रीले कुराको मेसो नै बुझैनन् र रेडियो नेपालका निर्देशक सुरेश कार्कीलाई सोधे, ‘त्यो मधेसी पत्रकारलाई किन निकालेको ? ’ उनलाई पनि आफ्नै कर्मचारी यसरी विदेशीको इसारामा चियोचर्चो गर्न विदेश उडेको थाहै थिएन । त्यसैले उनले स्पष्ट पारे , ‘मैले निकालेको पनि छैन र निकाल्दिन पनि ।’ बस् , मधेसका ती पत्रकारहरुलाई त्यति गर्नुथियो । काम फत्तै गरेर सिंहदरवारबाट बाहिरिए । यसरी कसैलाई नसोधी र जागिरबाट छुट्टी नै नलिई प्रचण्डको चियोचर्चो गर्न बेइजिङ पुगेका पंकजको जागिर थमाइयो ।
त्यसो त रेडियो नेपालबाट तलब बुझ्ने र अर्कैको काम गर्नै पंकज मात्र होइनन् । घटना र विचार नामक कार्यक्रमका संचालकका रुपमा केही यादव थर भएकाहरु पनि रेडियो नेपालबाट पैसा लिन्छन तर कहिल्यै स्टुडियोसम्म भने पुग्दैनन् ।
0 comments
तपाईंको प्रतिकृया