Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहज सेवा पुरयाउने उद्येश्यले एकिकृत घुम्ती शिबिर

सन्तोष बस्याल   पाल्पा १३ वैशाख  

 सर्बसाधारणलाई छिटो छरितो र सहज सेवा पुरयाउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय पाल्पाले एकिकृत घुम्ती शिबिर संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सर्वसाधरणलाई नागरिता सहित सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधा गाउँमै प्रदान गर्ने भएको हो ।

घुम्तीसेवामा नागरिता प्रमाणपत्र बितरण, मतदाता नामावली संकलन, निशुल्क स्वास्थ्य सेवा, कृषि ,पशु सेवा तथा अपाङ्ग परिचय पत्र वितरण जस्ता सेवा प्रदान गरिने छ । जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा जिल्ला विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, महिला तथा वालवालिका कार्यालय लगायतका सरकारी कार्यालयले सेवा प्रदान गर्ने भएका हुन ।
कार्यक्रम अनुरुप बैशाख १६ गते देखी १८ गते सम्म रामपुर, बैशाख २२ देखी २३ गतेसम्म ताहुँ , बैशाख २६ गते देखी २८ गतेसम्म झडेवा गाविस र जेठ १ देखी ३ गते सम्म छहरामा कार्यक्रम गर्ने निर्यण भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । नागरिकता बितरण गर्दा जन्म, बैवाहिक तथा अंगिकृत कारणबाट भने नहुने उनले स्पष्ट पारे । एक स्थानमा तिन दिन सम्म टोली रहने तर आबस्यकता परे दिन थपिन पनी सकिने प्रशासनले जनाएको छ ।

त्यस्तै स्वाश्थ्य शिबिरका लागी २÷२ जना डक्टर र एक जना बिशेषज्ञ समेत टोलीमा सहभागी हुनेछन । जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्ला कोड सहित, कार्यालयबाट, ईलाकाबाट र घुम्ती टोली बाट गरी प्रत्येक गाविसको फरक फरक कोडमा नागरिता बितरण गरिने जनएको छ ।

0 comments

तपाईंको प्रतिकृया