Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारद्धारा चालु आर्थिक बर्ष ०६९/७० को लागि कूल चार खर्ब चार अर्बको बजेट प्रस्तुत


काठमाडौं,चैत २७–   सरकारले चालु आर्थिक बर्ष ०६९/७० को लागि कूल चार खर्ब चार अर्बको बजेट प्रस्तुत गरेको छ । यसअघि दुई पटकको पूरक बजेटलाई समेत समेटेर अर्थमन्त्री शंकर कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित राष्ट्रिय विकास परिषद्को हलबाट बजेट सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले पारित गरेपछि राष्ट्रपतिबाट स्वकृत भएको बजेट अध्यादेश सार्बजनिक गरिएको हो । बजेटमा चालू खर्चतर्फ २ खर्ब ७९ करोड अर्थात् ६८ प्रतिशत र पुजिगत खर्चतर्फ ६६ अर्ब अर्थात् १६ प्रतिशत रकम बिनियोजन गरिएको छ । सरकारको मुख्य ध्येय चुनाव गराउनुभएकाले बजेट निर्वाचन, शान्ति सुरक्षा र महत्वपूर्ण भौतिक आयोजनामा मात्रै केन्द्रीत भएको अर्थमन्त्री कोइरालाले जानकारी दिए । उनले बजेट का लागि राजश्वसबाट २ खर्ब ८९ अर्ब संकलन हुने र बैदेशिक अनुदानबाट ४६ अर्ब ९८ करोड प्राप्त हुने अनुमान सार्वजनिक गरे । बाँकी बजेट बैदेशिक र आन्तरिक ऋणबाट व्यबस्था गर्ने सरकारको तयारी छ । यसअघि ल्याइएको पूरक बजेट साग समायोजन गरी पूर्ण बजेट जारी गरिएको मन्त्री कोइरालाले जानकारी दिए । बजेट मार्फत् निर्वाचनका लागि ६ अर्ब र निर्वाचन सुरक्षाका लागि ८ अर्ब बिनियोजन गरिएको छ । बजेटले अपरिहार्य आयोजनामा लगानी गर्ने, बिद्युत बिस्तानमा लगानी गर्ने, पर्यटकीय पूर्वाधारमा लगानी बढाउने र राजश्व प्रशासनलाई चुस्त दुरुस्त पोर्ने नीति लिएको छ ।

0 comments

तपाईंको प्रतिकृया