Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एक बर्ष नबित्दै ल्याण्डफिल साईड बन्द गर्न दबाब


पाल्पा ३० चैत्र ।  नगरपालिकाले मोटो रकम खर्चेर निर्माण गरेको सेनेटरी ल्याण्डफिल्ड साइट बन्द गर्न स्थानियले माग गरेका छन । सञ्चालनमा आएको एक बर्ष नपुग्दै सो क्षेत्रका स्थानीयले गाउँघरमा प्रदुषण फैलिएको भन्दै बन्द गर्न माग गरेका हुन् । प्रभावित क्षेत्रका बासिन्दाले साइटमै पत्रकार सम्मेलन गरेर तत्काल साइट बन्द नगरिए फोहर फाल्न निषेध गर्ने गरि दवावमुलक कार्यक्रममा उत्रने स्थानीयले चेतावनी दिएका छन् । फोहर व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिदा दुर्गन्ध फैलिएको र झिंगाले गाउँघरमा रोगहरु फैलाउने संभावना बढेको भन्दै बन्द गर्न माग गरिएको हो । स्थानीय सरोकारवाला समितिका संयोजक मोहन गैरेले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन गर्दादेखि नै आफूहरुले भने बमोजिम साइटमा काम नभएको गुनासो गरे । ‘ हामीले पहिला पनी दुर्गन्ध हुन्छ भनेर सो ठाउमा साईड निर्माणमा रोक लगाएका थियौं तर नगर पालिकाले त्यस्तो हुन्न भन्यो तर अहिले नै यो ठाउमा बस्नै नसकने भएको छ” गैरे ले भने । स्थानीयले सेनेटरी ल्याण्ड फिल्ड साइटलाई दुर्गन्धित डम्पिङ् साइटमा परिणत गरिएकोले उनीहरुले विरोध गरेको जनाएका छन् । सड्ने, कुहिने तथा नकुहिने, प्लाष्टिक सबै साइटमा फालिएको उनीहरुको भनाई छ । स्थानियका अनुशार गणसाल, भार्केस, आमडाडा, सुरुङ्तुङ्, तल्लो गणसाल, तानसेन नगरपालिकाको शिवपोखरी, सालघारी, सेतीपोखरी, तल्लो धरमपानी लगायतका गाउटोलबासी ल्याण्ड फिल्ड साइटको दुगर्घन्दबाट बढी प्रभावित भएका छन । उनीहरुका अनुशार त्यस भेगका झण्डै ७ सय परिवारलाई साइटले प्रभावित बनाएको छ । १५।२० बर्षका लागि भनिएको साईड ६ महिनामै भरिन लागेको स्थानियले बताएका छन । तानसेन नगरपालिकाले भने दुर्गन्ध व्यवस्थापन र झिंगा, माखाका लागि औषधी राख्ने गरेको जनाएको छ । कार्यकारी अधिकृत निरन भट्टराइले फोहोरलाई माटोले पुर्ने, माखा नलागोस् भनेर औषधी छर्कने र प्लाष्टिक छुट्याउने कार्य गरिएको बताए । उनले यस बिषयमा सर्वपक्षीय, सर्वदलीय बसेर छिटै निर्णय गरिने बताए । तानसेन नगरपालिकाले झण्डै १३ बर्षअघि २९ रोपनी जग्गा किनेर निर्माण सुरु गरेको सेनेटरी ल्याण्ड फिल्ड साईटको लागि २ करोड ५० लाख रुपैया खर्च गरिसकेको छ । निर्माण भएको दुईबर्ष पछि गत असोज २५ गतेदेखि साइटमा फोहोर फाल्न सुरु भएको हो । साईट संचालनका लागि एउटा टिपर, एउटा ट्याक्टर र एउटा डोजर तानसेन नगरपालिकाले खरीद गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया