Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्बाचन भए देशमा द्धन्द– बिप्लब





सन्तोष बस्याल
     पाल्पा २७ चैत्र । नेकपा–माओबादीका सचिब नेत्र बिक्रम चन्द बिप्लबले अहिलेकै अबस्थामा निर्बाचन भए देशमा द्धन्द निम्तीने चेतावनी दिएका छन । मुख्य दलले गर्ने भनेको संबिधान सभाको अर्को निर्बाचन नेपाली बिचको एकता र जनतालाई  समेत भाडने भएको बताउदै चुनाब मुख्य भनिने दलको अराजकता भएको बताए ।

क्रान्किारी पत्रकार महासंघ मगरात राज्यको प्रथम सम्मेलनलाई मंगलबार तानसेनमा संबोधन गर्दै उनले भने “चार पार्टीले एकलौटी रुपमा चुनाब गराउने प्रयास गरेमा ठुलै मुल्य चुकाउनु पर्छ । ” चुनाब अहिलेको समस्याको समाधान नभएको बताउदै चन्दले बिस्तृत शान्ती सम्झौता भन्दा पनी माथी उठेर यती बेला सबै पक्ष बिच राजनितीक सहमती गर्नु पर्ने बताए । अहिले भैरहेका जती पनी निर्णय र सम्झौताहरु छन ति सबै राष्ट्र घाती छन भन्दै उनले ति सबै सम्झौताहरु सच्याएर सर्ब पक्षिय र सर्ब दलिय सहमती गरिनु पर्ने बताए । “चुनाब सहमती होईन, छलफलबाट आउने निश्कर्षलाई राष्ट्रिय सहमती बनाईनु पर्छ” उनले भने । त्यस प्रकारको सहमतीको नाम गोलमेच सम्मेलन वा जे पनी राख्न सकिने उनको भनाई थियो । संबिधान सभाको अबशान हुनुको मुख्य कारण नपहिल्याउने हो भने जती पटक पनी निर्बाचन गर्नुको अर्थ नहुने उनको अड्कल छ ।

दलका गतिबिधी र राजनिती बितृष्णाका कारण पछिल्ला दिनमा नेताको साख घटेको उनले औल्याए ।
बिस्तृत शान्ती सम्झौताको यती बेला अपब्याख्या भैरहेको बताउदै उनले गिरीजाबाबुको समयमा भएको प्रचण्ड र गिरिजा बिचको सहमती पुर्ण रुपमा कायान्वयन भए मात्र पनी धेरै समस्याको हल हुने दाबी गरे । अहिले देशमा देखिएको समस्याको समाधान गर्न आफुहरु सधै तयार रहेको बताउदै सहमती र देशको निकासका लागी सबै दलहरु एक ठाउमा आउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा–माओबादीका केन्द्रिय सदस्य तथा मगरात संयोजक सन्तोष बुढा मगरले नेपालमा दलिय स्वतन्त्रता सकिएको बताए । नेपालका राजनैतिक पार्टीहरु दलालीकरणमा लागेकोले मुलुक सिक्कीमी करण हुदै फिजिकरणमा गएको उनको भनाई छ । नागरिकता बितरणको नाममा लाखौं बिदेशीलाई नागरिकता बितरण गर्ने खेल भैरहेको बताउदै उनले त्यसको बिरोधमा सबै उत्रनु पर्नै उल्लेख गरे । त्यसै गरी कार्यक्रमलाई संबोधन गर्दै क्रान्तीकारी पत्रकार महासंघका संयोजक कुमार शाहले राष्ट्रियता धरापमा परेको भन्दै राष्ट्रिय स्वाधिनताको पक्षमा पत्रकारहरुको कलम चल्नु पर्ने बताए । सचारकर्मीको हक हितको लागी र श्रमको मुल्यका लागी भद्र आन्दोलन गर्नु पर्ने उनको कथन थियो ।
कार्यक्रममा बोल्दै प्रेश स्वतन्त्रता सेनानी मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सभापती भगवान भण्डारी लगाएतले गणतन्त्र स्थापना र लोकतन्त्रको संरक्षणमा महत्वपुर्ण योगदान पुरयाएका पत्रकारहरुको संरक्षँणमा राज्य उदाशिन भएको बताए ।

मंगलबार र बुधबार हुने सम्मेलनले क्रान्तीकारी पत्रकार महासंघको मगरात राज्य कमिटीको निर्माण गर्ने छ ।

0 comments

तपाईंको प्रतिकृया