Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नागरिकता वितरण रोक्न ३३ दलको माग

काठमाडौ, वैशाख ७ -सरकारविरुद्ध आन्दोलनरत ३३ दलले मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया रोक्न माग गर्दै भोलि निर्वाचन आयोगलाई विरोधपत्र बुझाउने भएका छन् । बुद्धनगरस्थित नेकपा–माओवादीको कार्यालयमा आज बसेको ती दलको संयुक्त बैठकले आफ्नो मागको सुनुवाइ नगरी मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया अघि बढाएको भन्दै त्यसलाई रोक्न आयोगलाई विरोधपत्र बुझाउने निर्णय गरेको हो । चौथो चरणको आन्दोलनस्वरूप मतदाता नामावली र नागरिकता वितरणको कार्य तत्काल रोक्न आयोगलाई आग्रह गर्ने र त्यो नरोकिए अवरोध गर्ने निर्णय गरिएको ३३ दलीय मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिए । यही वैशाख १४ गते मतदाता नमावली र नागरिकता वितरणका सम्बन्धमा नागरिक समाजसँग छलफल गर्ने निर्णय भएको पनि उनले बताए । त्यसैगरी भारतको नयाँदिल्लीमा नेपाली चेलीमाथि भएको बलात्कार र विराटनगरमा अवैधरूपमा सञ्चालन गरिएको भारतीय कार्यालयको विरोधमा १६ गते भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाउने मोर्चाले निर्णय गरेको छ । यस्तै सरकारको बहिर्गमन र सन् १९५० मा भारतसँग गरिएको सन्धिको खारेजीलगायतका माग राख्दै मेची र महाकालीबाट मार्चपास एवम् स्वाभिमान यात्रा गर्ने निर्णय गरिएको पनि मोर्चाले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया