अज्ञात समूहले डोजर चलाएर १० घर भत्कायो
कपिल ज्ञवाली बुटवल १४ बैसाख । बुटवलको पुरानो बसपार्कमा अज्ञात समूहले गएराती डोजर चलाएपछि १० घर भत्किएका छन् । बुटवल बजार तनावग्रस्त बनेको छ । राती २ देखि ४ बजेसम्म अज्ञात समूहले ३ वटा डोजर तथा स्क्याभेटर लगाएर घर भत्काएको हो । करिब १० घरमा लाखौंको क्षति भएपछि स्थानियद्धारा पूर्व पश्चिम लोक राजमार्ग अबरुद्ध पारेका छन् । करिब २० कठ्ठामा रहेका ति घरहरु रहेको जग्गामा बषौदेखि भोगचलनको बिबाद रहेको बुझिएको छ । घटनामा परि २ जना घाईते भएका छन् भने २ जना हराइरहेको स्थानियले बताएका छन् । बुटवलमा प्रहरी परिचालन गरि सुरक्षा सर्तकता बढाइएको छ । गुण्डाराजले दादागिरी देखाएर मानिसको जिवनसंग खेलवाड गरको जिफण्टका नेता तथा स्थानिय श्रीधर प्रसाद श्रेष्ठले बताएका छन् । स्थानियले प्रशासनको पनि उनिहरुसंगै मिलेमतो हुन सक्ने आशंका गर्दै घर तथा पसलको क्षतिपूर्तिको माग गरेका छन् । प्रहरीले केहिबेरमा अबरुद्ध बनेको शडक खुलाउने बताएको छ ।यता नेपाल भुमिहिन सुकुम्वासी संगठन, रुपन्देहीले गएरातीको घटनाको बिरोध जनाएको छ ।संगठनका जिल्ला अध्यक्ष सिसद्धतरण भट्टराइले एक बिज्ञप्ती जारि गर्दै बर्षौदेखि बसेका अव्यवस्थित बसोबासीहरुका घर अज्ञात समुहले डोजर, स्क्याभेटर लगाएर मानिस सुतिरहेको अवस्थामा भत्काउनु निन्दनिय कार्य भएको जनाएको छ । बिज्ञप्तीमा गंभिर प्रकार मानवता बिरोधि कार्यको नेपाल भुमिहिन तथा सुकुम्वासी संगठन घोर भण्डाफोर गर्दछ भनिएको छ । संगठनले आज दिउसो १२ बजे सम्मका लागि बुटवल बन्दको घोषणा गरेको छ । १२ बजेसम्म पनि दोषिहरु पक्राउ नपरे रुपन्देही बन्द गर्ने जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया