Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सागर सर्वोत्कृष्ट फुटबल खेलाडी

काठमाडौं, चैत ३०-नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रवार पत्रकार सम्मेलन गरी थापालाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । थापालाई एन्फाले एउटा अपार्टमेन्टको सुविधा दिएको छ । अपार्टमेन्टको डमी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापालाई हस्तान्तरण गरे । उक्त अपार्टमेन्ट मेरो सिटीले निर्माण गरिदिने छ । अपार्टमेन्ट एकवर्षभित्रमा थापालाई हस्तान्तरण गरिनेछ । अपार्टमेन्ट ३३ लाखको हुने एन्फाले जनाएको छ । यसअघि गत वर्ष पनि एन्फाले फुटबल खेलाडी राकेश श्रेष्ठलाई एउटा अपार्टमेन्ट दिएकेा थियो भने राष्ट्रिय टोलीका पूर्व कप्तानहरु हरि खड्का र उपेन्द्रमान सिंहलाई पनि एन्फाले कार पुरस्कार दिएको थियो । थापालाई सम्मान गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो चीन र भारत भ्रमणको शिलशिलामा रंगशाला निर्माण र खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्न आग्रह गर्ने प्रतिवद्धता जनाए। प्रचण्डले नेपालमा अन्तर्राष्ट्रिय रंगशाला र ७५ जिल्लामै रंगशाला निर्माणका लागि पहल गर्ने बताए । सर्वोत्कृष्ट फुटबल खेलाडी घोषित भएपछि नेपाली राष्ट्रिय टोलीका कप्तान थापाले सर्वोत्कृष्ट खेलाडी हुन पाएकोमा खुशी लागेको वताए । उनले खेलाडीहरुले देशका लागि खेल्न भएकाले यस्तो सम्मानले खेलाडीहरुमा थप केही गर्ने हौसला र जिम्मेवारी बढ्ने वताए । कुपन्डोलको क्लब फ्रेन्ड्सवाट ए डिभिजन लिग खेल्न सुरु गरेका थापाले सन् २००२ मा एशिएन छनोट खेलमा दक्षिण कोरियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । सन् २०१२ मा भारतमा भएको साफ च्याम्पियनसीपमा बंगलादेशसंग १-१ गोलको बराबरी खेल्दा अन्तिम समयमा फि्रकिक मार्फत गोल आकर्षक गोल गरेका थिए । उनको त्यो गोलको निकै चर्चा समेत भएको थियो ।

0 comments

तपाईंको प्रतिकृया