Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आगलागीबाट करोड बढीको क्षती


देब पचभैया
 पाल्पा २१ चैत्र ।  मट्टीतेल डिलर रहेको घरमा आगलागी हुदा एक करोड बढीको क्षति भएको छ । आगोलागी बाट घरमा रहेका मट्टीतेल डिलर, फेन्सी पसल, निर्माण ब्यवशायी संघका कागज पत्रहरु जलेर नष्ट भएका छन् । तानसेनको सिनखानटोल ४ मा हिजो बेलुकी ११ बजे तिर एक्कासी आगोलागी भएको र आगलागीको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । घरधनी तथा डिलरका संचालक हेमन्तराज शाक्यका अनुसार फेन्सी पसलमा बढी क्षति भएको र पहिले त्यसैमा आगोलागी भएकाले बिधुतमा जोडेको आईरन त्यसै छोडेको हुनाले त्यही बाट आगो सल्किएको हुनसक्ने बताए । तर फेन्सी पसलेले भने त्यसलाई अस्वीकार गरेका छन् । आगो दन्किएपछि मात्रै छिमेकीले देखेपछि तत्काल आगो निभाउन नसकिएको बताईएको छ । डिलरमा मट्टीतेल कम भएकाले पनि दायाबाया रहेका घरहरुमा क्षति पुग्न नपाएको छिमेकीले जानकारी दिएका छन् । आगोलागीले घर पुर्ण रुपमा क्षति भएको छ । पत्रकार महासंघ पाल्पाको समेत शाखा कार्यालय सोही भवनका रहेपनि केही महिना अघि संघको निर्माणाधिन आफ्नै कार्यालयमा सम्पुर्ण कागजात सारीएकाले महासंघको कुनै क्षति नभएको संघका शाखा अध्यक्ष भगवान भण्डारीले बताए । प्रहरी र स्थानिय बासीहरुले नजिक रहेको होटल तथा घरघरबाट रहेका पानी बोकेर आगोलाई नियन्त्रणमा लिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया