Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मौसममा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौं ८ बैशाख, । एक्कासी बदली भएको मौसममा सुधार आउन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन् । पश्चिमी वायु प्रणाली र पूर्व मनसुन प्रक्रियाको प्रभावले अहिले बर्षा भइरहेको र यो क्रम अझै दुई–तीन दिन चल्ने मौसमविदको भनाई छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद केशवदास श्रेष्ठले सोमबार अपरान्हसम्म सो वायुको प्रभाव रही वर्षा हुने प्रक्रिया चलिरहने र तराइ क्षेत्रमा भने यो प्रक्रिया लम्बिने जानकारी दिनुभयो । महाशाखाका अनुसार आइतबार बिहान भैरहवामा सबैभन्दा बढी ४५ मिलिलिटर बर्षा भएको छ । यसैगरी पोखरामा ३१, दाङमा १८, सुर्खेत र काठमाडौंमा ७ मिलिलिटर बर्षा भएको छ ।

0 comments

तपाईंको प्रतिकृया