Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आफैलाई जलाई आत्महत्या

सन्तोष बस्याल पाल्पा २९ चैत गए राती आफनै शरीरमा मट्टितेल खन्याएर एक व्यक्तिले आत्महत्या गरेका छन । रुपन्देही मधवलिया ५ का ६३ र्वषीय डिल्लीराम गैरेले आफैँलाई आगो लगाइ आत्महत्या गरेका हुन । केही दिन पहिला रुपन्देहीबाट उपचारका लागी पाल्पा तानसेन मिसन अस्पतालमा आएका गैरेले आफूले बसोबास गरेको गाउँ पाल्पा र्दलमडाँडा ५ मा गएर आत्महत्या गरेका पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले बताए । गैरे केहि वर्ष पहिले बसाइँ सरेर रुपन्देही गएका थिए । उनी मिसन अस्पतालमा उपचारपछि पुरानो गाउँ गएका थिए । राति पौने नौ बजे ग्यालिनबाट मट्टितेल शरीरमा खन्याएर आफैँ आगो लगाएका बताइएको छ । गैरेले के कती कारणले आत्महत्या गरे भन्नेबारेमा थप अनुसन्धान भैरहेको बताएको छ । शवलाई पोष्टर्माटमका लागि जिल्ला अस्पताल तानसेन ल्याइएको छ ।

0 comments

तपाईंको प्रतिकृया