सन्चारकर्मी लामिछानेको विश्व कीर्तिमान
१ बैशाख, काठमाडौं । सन्चारकर्मी रवि लामिछानेले सबैभन्दा लामो टेलिभिजन अन्तवार्ता गरेर विश्व कीर्तिमान राख्नु भएको छ । लामिछानेले न्यूज ट्वान्टी फोर टेलिभिजनमा ६२ घण्टा १२ मिनेटसम्म लगातार अन्तवार्ता गरेर विश्व कीर्तिमान राख्नु भएको हो ।
बुद्ध नेपालमा जन्मिएको सन्देश दिन ‘विश्वले चिन्ने छ नेपाल’ नारा दिएर लामिछानेले गत विहीबार विहान साढे १० बजेदेखि अन्तवार्ता शुरु गर्नु भएको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्वार्ता लिएर शुरु भएको अन्तवार्ता शनिबार राती साढे १० बजे मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)सँग अन्तर्वार्ता लिएर सकिएको थियो । ‘म्याराथन टक शो’मा लामिछानेले विभिन्न राजनीतिक दलका नेता, सन्चारकर्मी, कलाकार, खेलाडी, उद्योगी व्यवसायी, चिकीत्सकलगायतसँग कुराकानी गर्नु भएको थियो ।
गिनिज बुक अफ द वर्ल्ड रेकर्डका अधिकारीहरुले उहाँलाई गएराती नै प्रमाणपत्र दिएका छन् । यसअघि युक्रेनका दुईजनाले सन् २०११ मा ५२ घण्टा टक शो गरेको कीर्तिमान लामिछानेले भंग गर्नुभएको हो ।
0 comments
तपाईंको प्रतिकृया