प्रहरीले नै गरे ‘बलात्कार’
ताप्लेजुङ १६ वैशाख । ताप्लेजुङमा आफ्नै देवर पर्ने एक युवकबाट पटक–पटक बलात्कृत हुँदै आएकी एक महिलालाई सुरक्षा दिने प्रहरीले नै बलात्कार गरेको तथ्य खुलेको छ । ताप्लेजुङको दोखु गाउँ विकास समिति वडा नबर ७ की एक महिलालाई उनकै देवर पर्ने अल्ले कान्छा भनिने युवकले पटक–पटक बलात्कार गरेका थिए ।
पीडित महिलाले सुकेटार विमानस्थल प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले महिला र बलात्कारका आरोपी दुवैलाई पक्राउ गरेको थियो ।
तर, पीडित महिलाले प्रहरी चौकीमा रहँदा असई कमल राईले पनि बलात्कार गरेको बताएकी छिन् । महिलाले आरोप लगाएपछि घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
0 comments
तपाईंको प्रतिकृया