Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पर्दाभित्रका शक्तिले निर्वाचन भाँड्न खोजिरहेका छन्- प्रचण्ड

इटहरी, १८ वैशाख— पर्दाभित्रका शक्तिले आसन्न निर्वाचन भाँड्न खोजिरहेको एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले बताएका छन् । प्रचण्डले १२४ औं मजदुर दिवसको अवसरमा पार्टीको पूर्वाञ्चल व्यूरोले सुनसरीको इटहरीमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै यस्तो उल्लेख गरेका हुन् । पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाको निर्वाचनको मिति तोक्न ढिला भइरहेको अवस्थामा प्रचण्डको यस्तो भनाइ आएको हो । आमसभामा उपस्थित पूर्वाञ्चलबासीलाई सम्बोधन गर्दै उनले भने, ‘पर्दाभित्रका शक्तिले निर्वाचन भाँड्न खोजेका छन् । तिनलाई परास्त पारिनुपर्छ ।’ सभालाई सम्बोधन गर्दै प्रचण्डले अबको चुनावमा एमाओवादीले संघीयता पक्षधर शक्तिहरुवीच मोर्चा बनाएर चुनाव लड्ने र दुई तिहाई बहुमत ल्याउने उद्घोष पनि गरे । एकीकृत माओवादीले दुईतिहाई बहुमत ल्याएर संघीयता सहितको संविधान निर्माण गरिछाड्ने र संवृद्ध नयाँ नेपाल निर्माण गर्ने उनको प्रतिबद्धता थियो ।

0 comments

तपाईंको प्रतिकृया