बिभिन्न मुद्धाका १४ आरोपि सार्बजनिक
कपिल ज्ञवाली बुटवल २७ बैसाख । इलाका प्रहरी कार्यालय बुटवलले बिभिन्न मुद्धाका आरोपि १४ जनालाई सार्बजनिक गरेको छ । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर गत बैसाख १४ गते बुटवलको पुरानो बसपार्कमा भएको बस्तीमा डोजर लगाउने कार्यमा संलग्न ९ जना ,बिभिन्न ब्याक्तिलाई ठगि गर्दै हिड्ने ४ जना र गाडि दिलाइदिन्छु भन्दै ठगि गर्ने १ जना गरि १४ जनालाइ सार्बजनिक गरेको हो । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नोपलगञ्जरोडका ८ वटा कच्ची र एउटा पक्की सहित ९ वटा घरमा डोजर लगाएको अभियोगमा रुपन्देही खड्ग वनगाई १ बस्ने बर्ष ३७ का कृष्ण प्रसाद पोखरेल,सोही गाविस गोना ४ का ३० बर्षिय पारस कुर्मी,सोही ठाउकै बर्ष १६ का सुरेन्द्र कुर्मी,स्याङजा सिर्सिकोट ८ का बर्ष ३१ क राजेन्द्र रेग्मी,बुटवल १३ का बर्ष ४२ का नारायण थापा,बर्ष २० का गोले भन्ने सुमन लामा,र बुटवल वडा न. ९ का बर्ष २९ का लोक प्रकाश मल्ल रेहका छन् । इलाका प्रहरी कार्यालय परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । डिएसपि राजकुरमार बैदवारले प्रहरीले समयौ अप्रेशन गरेको दावी गर्दै घटनाका मुख्य नाईके थानेश्वर थापा र अन्य अपराधिको बारेमा सुक्ष्म रुपमा अध्ययन भईरहेको जानकारी दिनुभयो । उहाले संगठित अपराध ऐन २०६८ अनुसार अपराधिहरुलाई कडा कारवाहि गरिने बताउनुभयो । यसैगरि डोजर काण्डमा प्रयोग गरिएको जेसिबि डोजर लु१क ६४९,लु१क ५९९ र नम्बर नभएको १ गरि ३ वटा डोजर नियन्त्रणमा लिएको जनाएको छ । यसैगरि प्रहरीले रुपन्देहीको छोट्की रामनगर वडा न. २ बाट प्रितम गिरीलाई अपहरण गरेको अभियोगमा संलग्नको आरोपमा ४ जना सार्वजनिक गरिएको छ । नवलपरासी शिवमन्दिर २ बस्ने बर्ष २३ का लाक्पा तामाङ,धादिङ कन्टुज २ का २७ बर्षिय प्रेम गुरुङ,उदयपुर गाईघाटका २३ बर्षिय अमृत लामा,र चितवन भरतपुरका २४ बर्षिय आश बहादुर गुरुङ रहेका छन् । प्रहरीले बा ८ च ५३३२ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । यसैगरि विभिन्न समयमा गाडी दिलाई दिन्छु भन्दै रकम ठगि गरेको आरोपमा गुल्मी घर भई हाल बुटवल वडा न. १० मा बस्दै आएका मदन भण्डारीलाई पनि सार्वजनिक गरेको छ । भण्डारीले श्याम प्रसाद श्रेष्ठको ३ लाख,जीवन बन्जाडेको ९ लाख ४० हजार,दील बहादुर चौहानको ३ लाख ५० हजार,ज्ञानेन्द्र ज्ञवालीको ७ लाख विष्णु प्रसाद गौतमको २ लाख ४० हजार र सुनिल कुमार श्रेष्ठको २ लाख ५० हजार ठगि गरेको मुद्धा परेको हो । डिएसपि बैदवारका अनुसार भण्डारीले विभिन्न भेषमा ठगि गर्ने गरेको बताउदै थप अनुसन्धान भईरहेको बताउनुभयो ।

0 comments
तपाईंको प्रतिकृया