Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ट्रेड युनियन कांग्रेसको पश्चिमाञ्चलमा शर्मा निर्वाचित

कपिल ज्ञवाली   बुटवल,जेठ १६ -  नेपाल ट्रेड युनियन कांग्रेस–स्वतन्त्र पश्चिमाञ्चल क्षेत्रीय समितीको अध्यक्षमा कास्कीका मुरारी शर्मा निर्बिरोध निर्वाचित भएका छन ।

 निर्वाचित भए लगत्तै शर्माले ट्रेड युनियन आन्दोलनलाई ससत्त बनाउने प्रतिवद्धता व्यक्त गरे । बुधबार रुपन्देहीको भैरहवामा भएको दास्रो अधिवेसनबाट आगामी वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्बिरोध निर्वाचित भएको हो ।अधिवेसनबाट उपाध्यक्ष क्रमश इन्द्र महतो नवलपरासी, उमा दुवे रुपन्देही, प्रकाशचन्द्र अर्खले तनहुँ, रबिन्द्र यादव रुपन्देही, भविश्वर पाण्डे नवलपरासी निर्बिरोध भएका हुन ।

सचिवमा पाल्पाका मधुकर काफ्ले, सहसचिवमा तुलाराम गुरुङ्ग रुपन्देही, कोषाधयक्षमा दीर्घनारायण शर्मा स्याङ्गजा निर्वाचित भएका हुन । सदस्यहरुमा खुला तर्फबाट भगवानदास चौधरी, मनबहादुर मल्ल, नारायण ज्ञवाली, कल्याणप्रसाद सुवेदी, राधाराम आचार्य त्यस्तै महिलाबाट अमृता सिग्देल, गीता रेग्मी, बिष्णुकुमारी श्रेष्ठ निर्वाचित भएका छन ।

पश्चिमाञ्चल क्षेत्रीय समितीको महिला संयोजकमा सीता सापकोटा र युवा संयोजकमा रामबहादुर बिक निर्बिरोध भएको निर्वाचन समितीका संयोजक बाबुराम पाण्डेले जानकारी दिए । मनोनित दुई सदस्य पदमा पाल्पाका अनुपमान कर्माचार्य र गोरखाका मनबहादुर बिकलाई मनोनित गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया