Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
समुदाय स्तरिय ५ दिने तालिम

कपिल ज्ञवाली    बुटवल,११ जेठ    बुटवल नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेबीकाहरुका लागि समुदाय स्तरिय ५ दिने तालिम दिइएको छ ।

 जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही र सु—आहारा संस्थाले संयुक्त रुपमा स्वास्थ्य स्वयंसेबीकाहरुका लागि तालिम दिएका हुन् । बुटवलका १५ वटै वडामा संचालन गरिएको तालिम मध्ये शनिबार बुटवल वडा ५,१० र १३ मा तालिमको समापन गरिएको हो । अत्याबश्यक पोषण तथा सरसफाइ कार्य र सामाजिक ब्यबहारमा परिबर्तनका लागि तालिम दिइएको प्रशिक्षक चारु पाण्डेले बताउनुभयो ।

 वडा नं १३ मा भएको तालिममा १७ जनाको सहभागिता रहेको थियो ।भने शोभा न्यौपाने,लक्ष्मी खनाल,बिष्णुमाया गौतम लगायतले पोषण,स्तनपान,सरसफाइ लगायतका बिषयमा सहभागिलाई जानकारी गराउनुभएको थियो ।त्यस्तै वडा नं ५ र १० मा कार्यरत २० जना स्वास्थ्य स्वयंसेबिकाहरुलाइ दिइएको तालिम पनि समापन गरिएको छ । तालिममा अबिनाश अधिकारी,बाबुराम अधिकारी,राधेश्याम बिक लगायतले सहजीकरण गरेका थिए ।

समापनको अबसरमा महिला स्वास्थ्य स्वयंसेबीकाकी संयोजक साबित्रा अर्याल,सहभागि सरस्वती कुवर लगायतले बोल्नुभएको थियो ।

0 comments

तपाईंको प्रतिकृया