Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
खेतला शिक्षक विहिन जिल्ला घोषणा गरेपनि खेताला शिक्षक बाट पठन पाठन

अमृत अधिकारी   पाल्पा, ३१ बैशाख     जिल्ला शिक्षा कार्यालय गुल्मीले खेतला शिक्षक विहिन जिल्ला घोषणा गरेपनि गाउँमा भने अझै खेताला शिक्षक बाट पठन पाठनको काम भैरहेकोछ । प्रार्याप्त अनुगमन हुन नसक्दा जिल्लाका विभिन्न विद्यालयमा अहिले पनि खेताला शिक्षकले अध्यापन गराइ राखेका छन् । शिक्षाले खेतला शिक्षक मुक्त जिल्लाका रूपमा गत माघ १८ गते सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । जिल्लाका ७९ गाविस मध्ये विकटका गाविसहरूमा अझै पनि खेतला शिक्षकहरूले अध्यापन गराउदै आएको अभिभावकहरू बताउँछन् । दरबन्दी भएका शिक्षकहरू काजमा सदरमुकाम र आफ्नो घरपाईमा गएपछि ती शिक्षकको सट्टामा खेतला शिक्षक राखेका छन् । जिल्लाका सुदुर पूर्वमा रहेका हर्मिचौर, अर्वेनी, अस्लेवा, फोक्सिङ्, ग्वाघा लगायतका गाविसमा रहेका शिक्षकहरूले अझै पनि खेतला राखेर तलब खाइरहेका छन् । हर्मिचौर मावि देउराली, दमौखानी मावि अर्वेनीमा कार्यरत शिक्षकको सट्टामा अझै पनि खेतला शिक्षक रहेको स्थानीयले बताए । जिल्ला शिक्षा कार्यालयय गुल्मीका जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले भने अहिले सम्म कहिबाट खेतला शिक्षक राखेका छन्, भन्ने गुनासो र निवेदन नआएको बताउनुभयो । यदि गाउँमा अझै पनि खेतला शिक्षक राखेको भएमा विद्यालयका प्रधानाध्यपक, विद्यालय निरिक्षक र स्रोत व्यक्तिलाई समेत स्पष्टीकरण सोधिने बताउनुभयो । ऐन विपरित खेतला शिक्षक राख्ने शिक्षकलाई स्वत अवकास समेत दिन सकिने जिशिअ अर्यालले बताउनुभयो । गाउँमा खेतला शिक्षकलाई दरबन्दीका शिक्षकले आफूले पाउने तलवको दुई÷तिन हजार दिएर पढाउने गरेको स्वम् खेतला शिक्षकहरू बताउँछन् । हाजिर गर्ने बेलामा महिनाको एक पटक दरबन्दीका शिक्षकको नाममै गरेर विद्यालयले तलबी माग फारम शिक्षामा पठाउने गरेका छन् । जिल्ला शिक्षाका एक अधिकारीका अनुसार राजनीतिक आस्थाका कारणले गर्दा त्यस्ता शिक्षकलाई कारवाही गर्न नसकिएको बताउनुभयो । शिक्षामा बढदै गएको राजनीतिका कारण गाउँ तथा जिल्ला स्तरका नेता, शिक्षक संघ संगठनका प्रमूख तथा तिनका श्रीमतीहरूले बढी मात्रामा खेतला शिक्षक राख्ने गरेका छन् । उता हर्मीचौर माविका प्राधानाध्यापक पोष्माकान्त पाण्डेले भने विद्यालयको निमावि राहत दरबन्दीका कार्यरत शिक्षिका अपसरा न्यौपानेले सुत्केरी बिदा लिएको तर विदा सकिदा पनि हाजिर नभएकाले अर्को शिक्षकलाई राखिएको बताउनुभयो । उहाँले विद्यालयको स्रोतबाट नयाँ शिक्षकलाई तलब खुवाएको दावी गर्नुभयो ।

0 comments

तपाईंको प्रतिकृया