Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देहीमा भएको यौन हिंसा सम्बन्धि घटनाको सम्बन्धमा मन्त्रालयद्धारा छानविन समिती गठन

नरेश के सी   भैरहवा,१ जेठ ।     जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा भएको यौन हिंसा सम्बन्धि घटनाको सम्बन्धमा छानविन गरि प्रतिवेदन पेस गर्न स्वास्थय मन्त्रालयले २ सदस्यीय छानविन समिती गठन गरेको ।

 मन्त्रालयका उपसचिव रामचन्द्र अधिकारी संयोजक र शाखा अधिकृत कमल ज्ञवाली सदस्य रहेको छानविन समितीले एक दुई दिन भित्रै घटना घटेको जिल्ला रुपन्देहीमा आई आवश्यक छानविन गरी प्रतिवेदन पेस गर्ने जनाएकोछ । आफ्नै कार्यलयका प्रमुखद्धारा पटक पटक आफुमाथी यौनहिंसामा परेको भन्दै सोही कार्यलयमा अधिकृत तहमा कार्यरत मोहन तारा पछाईले सञ्चार माध्यममा कुरा राखेपछि जिल्ला जनस्वास्थय कार्यलयमा खैलाबैला नै मच्चिएको छ ।

अधिकृत पछाईले कार्यलय प्रमुख महेश्वर श्रेष्ठले यौन प्रस्ताव राख्ने गरेको र सो प्रस्ताव नमान्दा विभिन्न बहाना बनाई दुखः दिने गरेको भन्दै लिखित रुपमै जिल्ला स्थित प्रसासन कार्यलय, महिला विकास कार्यलय, जिल्ला स्थित राजनैतिक दलका महिला संघ संगठन र महिला अधिकार कर्मीलाई न्याय पाऊ भनि निवेदन दिएको बताएकी छन् ।

 यौन हिंसामा परेको भन्दै पछाइले बुधवार पुर्व प्रधानमन्त्रि तथा एमाओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टाराईलाई समेत बुटवलमा भेटी न्यायको लागी पहल गरिदिन भन्दै लिखित रुपमै आग्रह गरेको बताईन । उनको अग्रहलाई भट्टाराईले सकारात्मक रुपमा लिदै सक्दो सहयोग गर्ने बचन दिएका छन् ।

 कार्यलय प्रमुखलाई यौन हिंसाको आरोप लागेपछि जनस्वास्थयका कर्मचारीहरु अन्यौलमा परेका छन् । कार्यलय प्रमुख श्रेष्ठले भने आरोपलाई गलत भन्दै आफु निकटका कर्मचारी तथा बाह्य व्यक्ति र केही सञ्चारकर्मीसंग छलफल गरिरहेको एक कर्मचारीले बताए ।

 यता जिल्ला जनस्वास्थयमा क्रियासील विभिन्न ट्रेड युनियनहरुले भने सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाहि गर्न माग गर्दै संयुक्त विज्ञप्ती जारी गरेकाछन् ।

0 comments

तपाईंको प्रतिकृया