Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एकीकृत घुम्ती सेवाबाट दुर्गमका ५ हजार बढी लाभान्वित

  माधब अर्याल    पाल्पा, २ जेठ –     दुर्गम क्षेत्रका सर्वसाधारणको सुविधाको लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट ५ हजार भन्दा बढीले सेवा लिएका छन् ।

 प्रशासनले पूर्व क्षेत्रलाई समेटेर रामपुरमा राखेको शिविरबाट मात्रै २ हजार ५ सयले सेवा लिन सफल भएका छन् । यस्तै, ताहु, छहरा र झडेवामा राखेको घुम्ती शिविरबाट त्यत्तीकै संख्यामा सेवाग्राहीले सेवा लिन सकेको आयोजक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको दुर्गमभेगलाई समेटेर रामपुरमा राखेको शिविरबाट छिमेकी दर्छा, खालीवन, सिलुवा, गल्धा, मित्याल, झिरुवास, सहलकोट, गा“डाकोट, बा“कामलाङ्, अर्चले गाविसका बासिन्दा लाभावित बनेका छन् ।

यस्तै, ता“हुमा राखेको शिविरबाट देविनगर, हुमिन, पिपलडांडा, विरकोट, रिङ्नेरह गाविसका बासिन्दा साथै झडेवामा राखेको शिविरबाट बहादुरपुर, रहवास, गोठादी, रुप्सेका सेवाग्राहीले गाउ“मै सरकारी सेवा सुविधा पाउन सफल भएका छन् । पश्चिम क्ष्ँोत्रलाई समेटेर छहरामा राखेको शिविरबाट सोमादी, मुझुङ्, भुवनपोखरी, सिद्देश्वर गाविसका बासिन्दाले फाईदा लिन सफल भए ।

रामपुरमा तीन दिनका लागि सञ्चालन गरिएको शिविरमा सेवाग्राहीको भीड बढेपछि एक दिन थप गरेर सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । सेवाग्राहीहरु नागरिकता बनाउन र फोटो सहितको मतदाता नामावली संकलन गर्न विना कुनै अवरोध शिविर स्थलसम्म पुगेका थिए । नागरिकता वितरण सम्वन्धी प्राप्त निर्देशन कार्यन्वयन गरिएको थियो भने नागरिकता लिएकालाई फोटो सहितको मतदाता नामावली संकलन गरिएको छ ।

महिला, अपांग, वृद्धवृद्धालाई एकीकृत घुम्ती शिविरले सहयोग पुगेको थियो । घुम्ती सेवा सफल पार्न त्यस क्ष्ँेत्रका राजनीतिक दल, नागरिक समाज, संचारकर्मीसंग सर्वदलीय, सर्वपक्ष्ँीय वैठक प्रशासनले राखेको थियो । शिविरमा निःशुल्क स्वास्थ्य शिविर, कृषि सम्बन्धी परामर्श, पशु सेवा साथै अपांग परिचय पत्र बितरण जस्ता कार्य गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयले कृत्रिम गर्भाधान, औषधी वितरण, पशु चेकजा“चजस्ता कार्य गरेको छ भने कृषिले धानको बीउ बितरण गरेको थियो ।

सुन्तलाको पकेट क्ष्ँेत्र छहरमा सुन्तलाजात फलफुल विकास केन्द्रले किसानलाई प्राविधिक सेवाका साथै घर दैलोमै गएर सेवा प्रदान गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया