भारतको छत्तिसगढमा माओबादीद्दारा आक्रमण:२८ जनाको मृत्यु
भारतको छत्तिसगढमा माओबादीले गरेका आक्रमणमा छत्तीसगढका अध्यक्ष नन्दकुमार पटेल सहित २८ जनाको मृत्यु भएको छ।
सत्तारुढ काँग्रेस पार्टीले गरेको परिवर्तन यात्रा नामक र्यालीमा माओवादीले माइन विष्फोट गराउनुका साथै अन्धाधुन्ध गोली चलाउंदा २८ जनाको मृत्यु भएको हो। आक्रमणमा छत्तीसगढका अध्यक्ष नन्दकुमार पटेल, पूर्व विधायक उदय मुदलियार, गोपी माधवानी र वरिष्ठ नता महेन्द्र कर्माको मृत्यु भएको छ।
त्यस्तै घाइते वरिष्ठ नेता विद्याकुमार शुक्ललाई उपचारको लागी दिल्लीस्थित अस्पताल ल्याइएको छ। केही नेताहरुको जगदलपुर अस्पतालमा उपचार भैरहेको छ। वरिष्ठ नेता सम्मिलित र्यालीमा एक सय बीस जनाको सहभागीता रहेको थियो। कांग्रेसको अध्यक्ष सोनिया गान्धीले आक्रमणको निन्दा गर्दै लोकतन्त्र माथि हमला भएको बताएकी छिन्।
त्यस्तै भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले पनि घटनाको निन्दा गरेका छन्। प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धीले आज घटनाको स्थलगत निरिक्षण बताइएको छ।
0 comments
तपाईंको प्रतिकृया