मिया हत्याबारे छानविन समिति गठन
काठमाडौं ७ जेठ–सरकारले पुर्व सभासद् सदरुल मियाँ हकको हत्याको घटना छानविनका लागि एआईजी दिनकर शम्शेर राणाको संयोजत्वका ३ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा पुर्वाञ्चल प्रहरि प्रमुख र राष्ट्रीय अनुसन्धानका पुर्वाञ्चल निर्देशक सदस्य रहेका छन् । समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
यसैबीच गएराति हत्या गरिएका हकको सर्ट र चप्पल, हत्या भएको सप्तरीको कल्याणपुरस्थित पेट्रोलपम्प भन्दा करिब तीन सय मिटर दक्षिण तर्फ फेला परेको छ ।
प्रहरीले तालिमप्राप्त कुकुर लगेर घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटेको जनाएको छ ।
स्थानियबासिन्दाले हत्याको विरोध र दोषिमाथी कारर्बाहीको माग गर्दै पूर्वश्चिम राजमार्ग अझै अबरुद्ध गरिरहेका छन् ।
गृहमन्त्री घटनास्थल आएर हत्या छानबिनमा तदारुकता नदेखाए सम्म शव नउठाउने अडान आफन्तले लिएका छन् ।
गएराति अज्ञात समुहले सप्तरी कल्याणपुर गाविस–२ विसनपुरका ५० बर्षका हकको घाटी रेटेर हत्या गरेको थियो । सप्तरीको कल्याणपुरमा उहाले इट्टा भट्टा र पेट्रोलपम्प संञ्चालन गर्दै आएका थिए । हक, सप्तरी निर्वाचन क्षेत्र नं ५ बाट संविधानसभामा निर्वाचित भएका थिए ।
यसैविच नेपाली काग्रेसले हक हत्याको घटनाप्रति घोर निन्दा एवं भत्र्सना गरेको छ । काग्रेसले विज्ञप्ती निकालेर घटनामा संलग्न व्यक्तिहरुको खोजी गरी अपराधीलाई कानूनी कार्वाही गर्न तथा आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न सरकारसँग माग गरेको छ ।
0 comments
तपाईंको प्रतिकृया