ठूला दलका कार्यकता शिव सेना पार्टीमा प्रवेश

सप्तरी, ९ जेठ एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादीसहितका ठूला दलका केही कार्यकता राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहमा उनीहरु राष्ट्रिय शिव सेना पार्टीमा प्रवेश गरेका हुन्। शिव सेनामा प्रवेश गर्नेमा एकीकृत नेकपा माओवादीका २१ जना, नेकपा–माओवादीका १०, नेकपा एमालेका ८ र नेपाली कांग्रेसका ६ जना रहेका छन्। कार्यक्रममा राष्ट्रिय शिव सेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले उनीहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

0 comments
तपाईंको प्रतिकृया