Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अखिल पाल्पाको उम्मेदबार थापा

पदम गैरे   पाल्पा ९ जेठ      यही जेठ २३ गते हुन लागेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले सभापतिको रुपमा बिद्यार्थी नेता टीका बहादुर थापालाई पठाउने भएको छ । अनेरास्ववियुले आज पाल्पाको तानसेनमा पत्रकार सम्मेलन गरि सर्वसम्मत रुपमा थापालाई सभापतिको उम्मेदवार गराउने निर्णय गरिएको जानकारी दिएको छ । हाल स्ववियु उपसभापति समेत रहनुभएका थापाले अनेरास्ववियुको केन्द्रीय सदस्यको रुपमा समेत कार्यभार सम्हाल्दै आउनुभएको छ । पत्रकार सम्मेलनमा उठेका जिज्ञाशाहरुको उम्मेद्वार टीका बहादर थापा र अनेरास्ववियुका केन्द्रीय सदस्य दीपक बिश्वकर्माल जवाफ दिनुभएको थियो । उहाँहरुले संकटको दलदलबाट मुक्त गर्दै यस क्षेत्रको गौरवको धरोहरको रुपमा त्रिभुवन बहुमखी क्याम्पसलाई नयाँ ढंगबाट स्थापित गर्ने अनेरास्ववियुले अठोट लिएको बताउनुभयो । सोही अवसरमा बोल्दै अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले देशको शैक्षिक रुपान्तरणका लागि स्ववियुमा अनेरास्ववियुको जीत आवश्यक रहेको बताउनुभयो । हाल त्रिभुवन बहुमुखी क्याम्पसमा १५ सय ८४ जना मतदाता बिद्यार्थीहरु रहेका छन् ।

0 comments

तपाईंको प्रतिकृया