Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मगर युवाको जिल्ला अधिवेशन

कपिल ज्ञवाली   बुटवल १६ जेष्ठ-   नेपाल मगर युवा संघ,रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले नरेश पुनमगरको अध्यक्षतामा १९ सदस्यीय नयां कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा संजीव थापामगर,सचिवमा प्रेम थापामगर,सहसचिवमा खोमा त्ररामुमगर र सदस्यहरुमा क्रमशःलालु सिंजालीमगर,श्री थापामगर,कुमार घर्तिमगर,मुक्त बहादुर बलालमगर,चित्र रोकामगर,जागृत रेश्मीमगर,केशव श्रीसमगर लगायत १९ जना रहनु भएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गदैं नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष मोहन थापामगरले मुलुकमा रोजगार नहुंदा अधिकांश युवाहरु विदेश पलायन भएकोमा जोड दिदैं त्यो रोक्नका लागि संघले पहल गर्ने बताउंनु भयो । मगरहरुको हकअधिकार स्थापित गर्नका लागि युवा संघले संघर्ष गर्नुको विकल्प नभएको पनि थापाले बताउंनु भयो । हरेक नीति,निर्माण र कार्यान्वयन तहमा मगरहरुको पौज हुंनु पर्नेमा पनि उहांले जोड दिनुभयो । उहांले जेष्ठ १८ गतेबाट पाल्पाको तानसेनमा हुंन गइरहेको संघको महाधिवेशन सफल पार्न लाग्न सबैसंग आग्रह गर्नुभयो ।

नेपाल मगर संघकी केन्द्रीय सदस्य मीना थापामगरले मगरहरुको अधिकार सुनिश्चत गर्नका लागि सबै मगरहरु एकजुट हुंनुको विकल्प नभएको बताउंनु भयो । नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षता र पूर्व केन्द्रीय सदस्य गोविन्द पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई नेपाल मगर संघकी केन्द्रीय सदस्य मीना थापामगरले सपथ खुवाउंनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिको आजै बुटवलमा बसेको बैठकले महाधिवेशनमा सहभागी हुंनका लागि रुपन्देहीबाट तीन जना प्रतिनिधि चयन गरिएको संघले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया